मेस्सी भर्सेस रोनाल्डो : अन्तर्राष्ट्रिय फुटबलमा को उत्कृष्ट ?

  • असार २९, २०७८
  • २९३ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको युरो कप २०२० को यात्रा बेल्जियमसँग १–० गोलले पराजित भएपछि अन्तिम १६ बाटै सकियो । पोर्चुगिज कप्तान रोनाल्डोले चार खेल खेल्दा पाँच गोल गर्दै युरो कपमा अनेक रेकर्ड बनाए ।

हङ्गेरीविरुद्धको खेलमा गरेको पहिलो गोलले नै उनी मिचेल प्लाटिनीको कीर्तिमान तोड्दै युरो कपमै सर्वाधिक धरै गोल गर्ने खेलाडी बने । प्लाटिनीले नौ गोल गरेका थिए । यता, पाँच संस्करणको युरो कप खेलेका ३६ वर्षीय रोनाल्डोले १४ गोल गर्दै युरो कपको अन्त्य गरे । 

यसैगरी, रोनाल्डोले सर्वकालीन सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेका इरानका लिजेन्ड अली दाईको रेकर्डसँग पनि बराबरी गरे । उनले पोर्चुगलका लागि एक सय नौ गोल गरेका छन् । युरो कपमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट हात पारे ।

यता, लियोनल मेस्सीले पनि अर्जेन्टिनाबाट उपाधि जिते । ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जित्दै मेस्सीले आफ्नो राष्ट्रको २८ वर्षे उपाधिविहीन यात्रालाई पनि बिट मारे । त्यसबाहेक उनी प्रतियोगिताकै उत्कृष्ट ठहरिए । कोपा अमेरिकामा सबैभन्दा धेरै चार गोल र पाँच असिस्ट गरे । उनले यस समर अर्जेन्टिनाका लागि १२ गोलमा योगदान दिए । 

४७औँ संस्करणको कोपा अमेरिकाकै दौरान मेस्सीले ५७औँ फ्रिकिक गोल गरे । प्रतियोगिताकै सुरुआती खेलमा चिलीविरुद्ध गोल गर्दै उनले रोनाल्डोलाई नै उछिने । रोनाल्डोले फ्रिकिकबाट ५६ गोल गरेका छन् । मेस्सी फ्रिकिक गोलमा अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाभन्दा मात्र पाँच गोलले पछाडि छन् ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा मेस्सीले फ्रिकिकमा भने रोनाल्डोभन्दा धेरै गोल गरेका छन् । मेस्सीले सन् २०१४ को विश्वकपमा एक गोल फ्रिकिकमा गरेका थिए भने कोपा अमेरिकातिर तीन फ्रिकिक गोल गरेका छन् । मेस्सीले सन् २०१६ को कोपा अमेरिकामा दुई तथा २०२१ को कोपा अमेरिकामा एक गोल फ्रिकिकबाट गरेका हुन् । उनले पेनाल्टीतर्फ भने सन् २०१५ को कोपा अमेरिकामा एक गोल मात्र गरेका थिए । 

यता, रोनाल्डोले भने ठूला प्रतियोगितामा एक गोल मात्र फ्रिकिकबाट गरेका छन् । उनले सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध एक गोल फ्रिकिकमा गरेका थिए । रोनाल्डोले पेनाल्टीमा भने तीन गोल गरेका छन् । उनले सन् २०१८ मा र युरो २०२० मा दुई गोल पेनाल्टीमा गरेका थिए ।

कोपा अमेरिकाअन्तर्गत नै बोलिभियाविरुद्धको खेलसँगै मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बने । उनले एक सय ४८औँ खेल खेल्दै पूर्व–अर्जेन्टिनी खेलाडी जाभियर मास्चेरानोलाई उछिन्दै यो रेकर्ड आफ्नो नाममा सारे । मास्चेरानोले एक सय ४७ खेल खेलेका थिए ।

यसरी हेर्दा दुवैको उत्कृष्टता उस्तै देखिएपनि खेलसङ्ख्या, गोलसङ्ख्या र उपाधिमा भने घटबढ छ । रोनाल्डोले ठूला प्रतियोगितामा २१ गोल गरेका छन् भने मेस्सीले १९ गोल गरेका छन् । रोनाल्डोले नेसन्स लिग र युरो कप गरी पोर्चुगलका लागि दुईवटा ट्रफी जिताएका छन् भने मेस्सीले एउटा उपाधि जितेका छन् । 

ठूला प्रतियोगितामा रोनाल्डोको गोल

युरो कप २००४– दुई गोल
विश्वकप २००६– एक गोल
युरो कप २००८– एक गोल
विश्वकप २०१०– एक गोल 
युरो कप २०१२– तीन गोल
विश्वकप २०१४– एक गोल
युरो कप २०१६– तीन गोल
विश्वकप २०१८– चार गोल
युरो कप २०२०– पाँच गोल

ठूला प्रतियोगितामा मेस्सीको गोल

विश्वकप २००६– एक गोल
कोपा अमेरिका २००७– दुई गोल
विश्वकप २०१०– शून्य गोल
कोपा अमेरिका २०११– शून्य गोल
विश्वकप २०१४– चार गोल
कोपा अमेरिका २०१५– एक गोल
कोपा अमेरिका २०१६– पाँच गोल
विश्वकप २०१८– एक गोल
कोपा अमेरिका २०१९– एक गोल
कोपा अमेरिका २०२१– चार गोल
-स्पेनिस मिडिया मार्काको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved