प्रदेश १ को मुख्यमन्त्री कपमा आर्थिक अनियमितता नभएको ठहर

  • असार २५, २०७८
  • ३५९ पटक पढिएको
  • न्यू पाटी
alt

बिराटनगर । प्रदेश १ मा दुई वर्षअघि सम्पन्न विवादस्पद मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा आर्थिक अनियमितता नभएको ठहर सार्वजनिक लेखा समितिले गरेको छ । 

प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर गरेको फुटबल छानबिनको वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ । समिति सभापति शिवनारायणसिंह गन्गाईंले बिहीबार प्रदेश सभामा विवादास्पद प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

२०७६ साल असारमा सम्पन्न प्रतियोगिता विवादस्पद बनेपछि समितिले २०७६ साल साउन ९ गते छानबिनका लागि आवश्यक कागजपत्र उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो । समितिले करिब डेढ वर्षपछि काम सम्पन्न गर्दै २०७७ माघ २७ गते प्रतियोगितामा आर्थिक अनियमितता नभएको भनेर सम्बन्धित पक्षलाई ‘क्लिन चिट’ दिएको थियो ।

छानबिनका क्रममा प्रतियोगितामा भएका आर्थिक पक्षका कागजात मगाएर अध्ययन गरिएको समितिले जनाएको छ । आर्थिक पक्षमा अनियमितता नभएको प्रस्ट्याउँदै समितिले प्राविधिक पक्षमा थप छानबिन गर्न र बेरुजु असुलउपर गर्नका लागि सामाजिक विकास समितिलाई जिम्मा लगाएको थियो । 

समितिले प्रतियोगितामा भएको आर्थिक पक्षका सन्दर्भमा २०७६ चैत्र ७ गतेको बैठकबाट आर्थिक पक्षमा छानबिन गर्न नपर्ने निर्णय गरेको थियो । यद्यपि प्रतियोगितामा केही पदाधिकारीले राजस्व तिर्न बाँकी रहेको र उनीहरुको नाममा बेरुजु देखिएको करिब १७ हजार रुपैयाँ दाखिला गर्न निर्देशन दियो  । समितिले गतवर्ष माघ २७ गते आयोजक पक्षलाई ‘क्लिन चिट’ दिनुपूर्व नै बेरुजु देखिएको राजस्व रकम दाखिला गरेको एक पदाधिकारीले जानकारी दिए । 

प्रतियोगिता २०७६ असार १६ गतेबाट असार ३१ गतेसम्म सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालयले एक करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) ले आवद्ध जिल्लाका लागि तयारी रकम ३३ लाख रुपैयाँ उपलब्ध गराएका थिए । 

असारमा बजेट सक्नका लागि प्रतियोगिता गरिएको भन्दै आलोचना, विरोध र प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि लेखा समितिले छानबिनमा चासो दिएको थियो । प्रतियोगिताअन्तर्गतका विभिन्न खेल धरान, उदयपुर र इलाममा भएका थिए । 

प्रतियोगिताको उपाधि झापाको सैनिक युथ क्लबले जितेको थियो । विजयी टिम तथा खेलाडीहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार, नगद तथा शिल्ड वितरण गरेका थिए । 

समिति सभापति गन्गाईंले फुटबल अनियमितताको छानबिनमा केही ढिलाइ भएको स्वीकार गरे । प्रतियोगितासँग सम्बन्धित विभिन्न कागजपत्र र बिलभौचर समयमा उपलब्ध नहुँदा छानबिनमा समय लागेको उनको भनाइ छ । ‘बिलभौचर लगायतका कागजपत्र मागेका समयमा उपलब्ध नहुँदा बेलैमा रुजु गर्न सकिएन,’ गन्गाईंले भने, ‘सबै कुरा पहिल्याउँदै वास्तविकता पत्ता लगाएर प्रतिवेदन तयार पार्न ढिलो भएकै हो ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved