युरोको बहुप्रतिक्षित खेलमा इटली र स्पेन भिड्दै

  • असार २२, २०७८
  • ५६४ पटक पढिएको
  • न्यू पाटी
alt

रोबर्टो म्यान्सिनीले इटलीको टोलीलाई निकै उत्कृष्ट बनाएका छन् । जारी प्रतियोगितामा इटलीले सबै खेल जितेको छ । आज उसले सेमिफाइनलमा स्पेनको सामना गर्दैछ ।  यो खेल नेपाली समयअनुसार मध्यराती १२ः४५ मा हुनेछ । 

यता, इटली ३२ खेलयदेखि पराजित छ । तर, एकै रातरात इटली स्पेन बन्न नसक्ने दाबी प्रशिक्षक म्यान्सिनीले गरेका छन् । ‘हामी इटली हौं र हाम्रो आफ्नै शैली छ । उनीहरुको निकै परिभाषित शैली छ र हामी इटली हौं ।’

इटलीको सफलतामा जर्जियो चिल्लिनी र लियोनार्डो बोनुसीको पर्खाल सरह मानिने रक्षापंक्तीको भूमिका महत्वपूर्ण छ । ‘उनीहरुले निकै राम्रो खेलिरहेका छन् र हामी आफ्नो पोजिसनमा उत्कृष्ट हौं भनेर देखाउन चाहन्छन्,’ म्यान्सिनीले थपे,‘हामीलाई आशा छ, जर्जियोले यो स्तरमा अझै उत्कृष्ट प्रदर्शन जारी राख्नेछन् ।’
 
म्यान्सिनीले स्पेनका प्रशिक्षक लुईस इन्रिक्युको पनि उच्च प्रशंसा गरेका छन् । ‘उनी महान् प्रशिक्षक हुन् र बार्सिलोनाका लागि च्याम्पियन्स लिग जितेकै कारणले मैले यस्तो भनिरहेको छैन,’ म्यान्सिनीले भने, ‘उनको टोलीले अहिले निकै उत्कृष्ट फुटबल खेलिरहेको छ ।’

स्पेनविरुद्ध निकै कडा प्रतिस्पर्धा हुने पनि उनले बताएका छन् । आफ्ना खेलाडीहरुलाई गल्ती नगर्न पनि उनल चेतावनी दिइसकेका छन् । इटलीले समूह चरणमा टर्की,वेल्स र स्विचरल्यान्डलाई हराएको थियो । त्यस्तै, अन्तिम–१६ मा अस्ट्रिया र क्वाटरफाइनलमा बेल्जियमलाई हराउँदै इटली सेमिफाइनल आइपुगेको हो । 

यता, प्रतियोगिताका सुरुवाती दुई खेलमा स्विडेन र पोल्यान्डविरुद्ध बराबरी खेलेको स्पेनले तेस्रो खेलमा स्लोभाकियालाई हराएको थियो । अन्तिम १६ मा क्रोयशिया र क्वाटरफाइनलमा स्विचरल्यान्डलाई हराउँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको हो । क्रोयशियाविरुद्ध ३–३ गोलको बराबरीपछि स्पेनले अतिरिक्त समयमा खेल ५–३ ले जितेको थियो । त्यस्तै, स्विचरल्यान्डविरुद्ध टाइब्रेकरमा जित हासिल ग¥यो । 

स्पेनका प्रशिक्षक इनरिक्यु आफ्ना खेलाडीहरुले उत्कृष्ट खेल्नेमा ढुक्क छन् । ‘म मैदानबाहिरको नेतामात्रै हुँ । वास्तविक नेता त खेलाडी हुन् । र, मसँग पर्याप्त खेलाडी छन्, मैदान उत्रिने र बेन्चमा बस्ने खेलाडी पनि । हामीले खेल जितेर फाइनल यात्रा गर्ने भनेको ती खेलाडीकै कारणले हो ।’

इटली र स्पेनबीचको हेड टु हेड नतिजामा भने स्पेन अघि छ । स्पेनले अहिलेसम्म १२ खेल जितेको छ भने १३ खेल बराबरीमा सकिएको छ । त्यस्तै ११ खेल इटलीले जितेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved