साउन ८ भित्रै चीनबाट ४० लाख डोज खोप आउने, यस्तो छ ‘उडान तालिका’

  • असार २१, २०७८
  • ६५५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं / सरकारले आउँदो साउन ८ गतेभित्रै ४० लाख डोज कोरोना खोप चीनबाट ल्याइसक्ने दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामाजिक सञ्जालमार्फत उडान तालिका सार्वजनिक गर्दै चीनबाट ४० लाख डोज भेरोसेल खोप ल्याउन लागिएको जानकारी गराएका छन् ।

चीनबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ । नेपाल एयरलाइन्सलाई उद्धृत गर्दै डा. भट्टराईले सार्वजनिक गरेको तालिकाअनुसार खोप लिन नेपाल एयरलाइन्सको विमान यही असार २४ गते बेइजिङ जाँदैछ । सार्वजनिक तालिकाअनुसार तीन पटकमा गरेर आउँदो साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।

चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ । पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८ असारमा बताएको थियो । जसका अनुसार खोप आपूर्तिका लागि असार २४ गते गएर २५ गते फर्किने छ । यस्तै असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किने छ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७ गते जाने विमान भोलि ८ गते फर्किने छ ।

स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ । यसअनुसार तीन खेलमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ ।

बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई फ्लाइट हुनेछ । त्यसको लागि फ्लाइटको मिति तय भएको छैन । सरकार–सरकार (जीटुजी) ननडिस्क्लोजर एग्रिमेन्ट (गोप्य सम्झौता) गरेर खोप ल्याउन लागिएकोले यसबारेमा विस्तृत खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved