तस्करीले खाद्यान्न उद्योग प्रभावित

  • असार १७, २०७८
  • ५४९ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । कोरोना महामारीको दोस्रो लहरसँगै जारी भएको निषेधाज्ञापछि मैदा र पिठो उत्पादन गर्दै आएका उद्योगहरुको उत्पादन र बिक्री दुवै घटेको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित गहुँको पिठो, मैदा, सुजी जस्ता वस्तु उत्पादन गर्दै आएका उद्योगको उत्पादन घटेको हो ।

अघिल्लो वर्षको बन्दाबन्दीको समयमा खाद्यान्न उद्योगहरुको उत्पादन र आपूर्ति बढेको थियो । ‘यो वर्ष खाद्यान्नको माग पोहोरको जस्तो बढेन, बरु निकै घट्यो,’ उद्योगी विकास बेगवानीले भने, ‘बजार बन्द हुँदा माग कम भयो भने मजदुरहरुमा हुने संक्रमणका कारण उद्योगहरुले उत्पादन कटौती पनि गरे । जसले गर्दा उद्योगहरुले उत्पादन र आपुर्ति दुबै घट्नपुग्यो ।’

अघिल्लो वर्षको लकडाउन अवधिमा मैदा, पिठो जस्ता वस्तुको माग औसतभन्दा झण्डै २५ प्रतिशतले बढेको थियो । तर, यो पटकको निषेधाज्ञाको अवधिमा मैदा, पिठो, बिस्कुट, चाउचाउ, थुक्पा आदि वस्तुको उत्पादन र आपुर्तिमा ५० प्रतिशतले गिरावट आएको उद्योगीहरुले जानकारी दिएका छन् ।

अघिल्लो वर्ष र यो पटक बन्दाबन्दी करिब उहि समयमा भएको हो । उस्तै समयमा बन्द हुँदा बजारको प्रवृत्तिमा परिवर्तन नआउनुपर्ने भएपनि यसपटक खाद्यान्न उद्योगहरुले सोचेभन्दा भिन्न अवस्था व्यहोरेका छन् ।

बजार बन्द भएका कारणले मात्र माग र उत्पादन घटेको होइन । भारतीय सीमा क्षेत्रबाट तस्करी भएर ठूलो परिमाणमा मैदा र पिठो आयात भएका कारण उद्योगमा माग कम भएको हो । भारतबाट मैदा र पिठो नै तस्करी भएर आएपछि प्रभावित भएको उद्योगीहरुले बताएका छन् ।

मैदा र पिठो खपत गर्ने उद्योगहरुले उत्पादन कटौती गर्दा उद्योगमा माग कम भएको थियो भने अर्कोतर्फ तस्करी भएर मैदा पिठो बजारमा आएपछि उद्योगहरु झनै प्रभावित बन्न पुगे । विस्कुट उत्पादक संघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेश जाजु वैशाखयता निषेधाज्ञाको समयमा सीमावर्ति क्षेत्रबाट तस्करी भएर खाद्यवस्तु धेरै आएको बताउँछन् ।

‘सीमा क्षेत्रबाट मैदा, पिठो, बिस्कुट आदि वस्तुको अनौपचारिक आयात बढ्दा यहाँका मैदा उत्पादन उद्योग र बिस्कुट उत्पादन उद्योगहरु प्रभावित भए’ उनले भने ।

निषेधाज्ञामा भारतसँग खुला आवतजावत बन्द भएपनि तस्करीजन्य क्रियाकलाप भने रोकिएन । बरु अरु समयभन्दा यस पटकको निषेधाज्ञाको समयमा तस्करी अधिक बढेको व्यापारीहरुले बताएका छन् । दूध, चियापत्ति, चिनी, लत्ताकपडा मात्र होइन, सुजी र पास्ताको तस्करी पनि यस अवधिमा बढेको बताइन्छ ।

नेपालमाा उत्पादन हुने पास्तामा भ्याट र अन्तशुल्क लाग्छ । तर, भारतमा पास्ता उत्पादनमा भ्याट नलाग्ने भएकोले उत्पादन लागत कम हुन गई वस्तुको मूल्य सस्तो पर्न जान्छ । तस्करीमार्फत नेपाली बजारमा ल्याइपु¥याउँदा खुद्रा मूल्यमा फरक पर्ने भएकोले पास्ताको तस्करी पछिल्ला दिनमा बढेको हो ।

भारतबाट मैदा तथा पिठो आयात गर्दा ९ प्रतिशत भन्सार शुल्क लाग्छ । गहुँ आयात गर्दा ५ प्रतिशत शुल्क लाग्छ । गहुँ र मैदा वा पिठो आयातमा थोरै मात्र भन्सार शुल्क फरक भएकोले तस्करी पूर्णरुपमा नियन्त्रण नभएको बताइन्छ ।

विराटनगर भन्सार कार्यालयले सकेसम्म अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने प्रयत्न गरेको भएपनि पूर्णरुपमा नियन्त्रण छ भनेर भन्न नसक्ने बताएको छ । खुला सिमानाका कारण तस्करीजन्य गतिविधि हुने र त्यसलाई रोक्न निरन्तर प्रयत्न गरिरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved