नेदरल्यान्डविरुद्ध चेक रिपब्लिककाे जित, क्वार्टरफाइनलमा डेनमार्कसँग भिड्ने

  • असार १४, २०७८
  • २८८ पटक पढिएको
  • न्यू पाटी
alt

युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा चेक रिपब्लिक र डेनमार्क भिड्ने भएका छन्। शनिबार राति भएको राउण्ड अफ १६ को तेस्रो खेलमा नेदरल्याण्डलाई २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 

नेदरल्याण्डलाई हराएसँगै चेकले डेनमार्कसँगको भेट पक्का गरेको छ।डेनमार्कले शनिबार वेल्सलाई ४-० गाेलको फराकिलो अन्तरले हराएको थियाे। उक्त जितसँगै डेनमार्कले क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। चेकले दुवै गोल दोस्रो हाफमा गर्यो। खेलको ६८औँ मिनेटमा थोमस होल्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ८०औँ मिनेटमा प्याट्रिक सिकले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल सकेन र चेकले नेदरल्याण्डलाई हरायो।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved