युराे कप : इटालीले राख्याे कीर्तिमान

  • असार १३, २०७८
  • ४०० पटक पढिएको
  • न्यू पाटी
alt

 इटालीले कीर्तिमान बनाउँदै १६औँ संस्करणको युरो कप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । शनिबार राति भएको अन्तिम १६ को खेलमा अस्ट्रियामाथि २–१ गोलको जित निकाल्दै इटालीले अघिल्लो चरणमा प्रवेश गरेको हो । 

इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा खेलमा जित निकालेसँगै इटालीले आफ्नै कीर्तिमान तोडेको हो । इटालीले पछिल्लो ३१ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहने रेकर्ड बनाएको हो । 

समूह चरणको अन्तिम खेलमा वेल्समाथि जित निकाल्दै इटलीले सन् १९३५ देखि १९३९ सम्म लगातार ३० खेलमा अपराजित रहेको आफ्नै कीर्तिमानसँग बराबरी गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिल र स्पेनले सबैभन्दा बढी खेल अपराजित छ । दुवै टिमले लगातार ३५ खेलमा अपराजित रहेर रकेर्ड बनाएका थिए । 

गए राति अतिरिक्त समयमा अस्ट्रियालाई हराउँदै इटालीले अन्तिम आठमा स्थान पक्का गरेको थियो । खेलको र्निधारित ९० मिनेटको समय गोरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा इटालीलाई जिताउन फेडरिको चिएसा र माटियो पेसिनाले एक–एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved