युराेकप फुटबल : क्रोएसिया नकआउट चरणमा

  • असार ९, २०७८
  • ६०१ पटक पढिएको
  • न्यू पाटी
alt

क्रोएसिया युइएफए युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । मङ्गलबार समूह चरणको अन्तिम खेल खेलेको क्रोएसिया समूह उपविजेता बन्दै युरो कपको अघिल्लो चरणमा प्रवेश गरेको हो । गए राति ह्याम्पडेन पार्कमा क्रोएसियाले स्कटल्यान्डमाथि ३–१ गोलको जित निकाल्यो ।

क्रोएसियालाई जिताउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले समान एक–एक गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।खेलको १७औँ मिनेटमा भ्यासिचले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा म्याकग्रिगोरले गोल गर्दै पहिलो हाफमा स्कटल्यान्डलाई बराबरीमा फर्काए । ६२औँ मिनेटमा मोड्रिचले गोल गर्दै क्रोएसियालाई पसन अगता दिलाउँदा ७७औँ मिनेटमा पेरिसिचले गोल गर्दै ३–१ गोलको जित दिलाए । 

जितसँगै समूह ‘डी’ को क्रोएसियाले तीन खेलमा चार अङ्क जोडेर अघिल्लो चरणमा स्थान बनायो । स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरियो ।यस समूहबाट इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अघिल्लो चरणमा स्थान बनाउँदा चेक रिपब्लिक उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गर्‍यो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved