सुरुआती अग्रता जोगाउन नसक्दा स्पेन पोल्यान्डसँग अङ्क बाँड्न बाध्य

  • असार ६, २०७८
  • ५९० पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी ।  युइएफए युरो कप २०२० मा स्पेन र पोल्यान्डले बराबरी खेलेको छन् । शनिबार राति भएको खेलमा स्पेन र पोल्यान्डले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

स्पेनको सेभिल्लामा स्पेनका लागि अल्भारो मोरटा तथा पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । सुरुआती अग्रता जोगाउन नसक्दा स्पेन अङ्क बाँड्न बाध्य भएको हो ।

खेलको २५औँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । ५४औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए ।

५८औँ मिनेटमा स्पेनले पुनः खेलमा अग्रता बनाउने माैका पाएको थियो । स्पेनले पाएको पेनाल्टीमा जेरार्ड मोरेनो असफल हुँदा घरेलु टिमले त्याे अवसर खेर फाल्यो । र, बाँकी समय गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै समूह ‘ई’को स्पेनले दुई अङ्क जोडेको छ भने पोल्यान्डले एक अङ्क जोडेको छ । यसअघि स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो भने पोल्यान्ड स्लोभाकियासँग पराजित भएको थियो ।

यस समूहमा स्विेडन चार अङ्कसहित शीर्ष स्थानमा छ भने स्लोभाकिया तीन अङ्कका साथ दोस्रो स्थानमा छ । स्पेन चौथो तथा पोल्यान्ड चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved