व्यवसायीको हत्यामा संलग्न तीन पक्राउ

  • जेठ ३, २०७८
  • ४९२ पटक पढिएको
  • न्यू पाटी
alt WEB PIC

विराटनगर । मोरङको लेटाङ्ग नगरपालिका–३ त्रिशुली चौकका २२ वर्षीय व्यवसायी रोमन राईको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् । गत शुक्रबार राति भएको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सोहि राति पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय लेटाङले यसअघि लेटाङ ३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षीय दिलबहादुर लिम्बूलाई पक्राउ गरेकोमा शनिबार साँझ १९ वर्षीय भुपाल लिम्बूलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले लिम्बू र दर्जीलाई पक्राउ गरेपछि उनीहरुको बयानको आधारमा हत्यामा भुपालको पनि संलग्नता रहेको खुलेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार डेड वर्ष अगाडि राईले ठेक्कामा लिएर चलाएको ट्याक्टरमा काम गरेको पैसा नदिएपछि उनीहरुले शुक्रबार राति घरमै पुगेर छुरा प्रहार गरेका थिए ।

लेटाङको त्रिशुली चौकमा शुक्रबार राति साढे ८ बजे पैसा माग्न तीन जना राईको घर पुगेका थिए । पैसा माग्ने क्रममा बढेकोमा विवादमा राईको पेटमा सुशील र दिलबहादुरले छुरा प्रहार गरेर गम्भीर घाइते बनाई फरार भएका थिए ।

आफन्तले उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा ल्याउने क्रममा राईको बाटोमा नै मृत्यु भएको थियो । छुरा प्रहार गर्ने र मृत्यु हुने नजिकका मिल्ने साथी हुन् ।

काममा लगाएर आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकाले छुरा हानिएको बयान पक्राउ परेकाहरुले प्रहरीमा दिएका छन् । पक्राउ परेका तीन जनालाई इप्रका लेटाङले आइतबार ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved