भारतमा चक्रवातले मच्चाउन थाल्यो विध्वंस, नेपालमा कस्तो प्रभाव पर्ला?

  • जेठ २, २०७८
  • ४१८ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी ।  अरब सागरमा बनेको चक्रवातले भारतमा विध्वंस मच्चाउन थालेको छ।आज यसले अझ भयंकर रूप लिने खतरा बढेको त्यहाँका मौसमविद्ले अनुमान गरेका छन्।यसको गति तीव्र बन्दै गएको र सोमबार प्रतिघण्टा १६० किलोमिटर हुन सक्ने आशंका गरिएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात प्रभावित धेरै क्षेत्रमा तीव्र गतिमा आँधीसहित ठूलो वर्षा भइरहेको छ।

केरलको एर्नाकुलम र कोझिकोड जिल्लामा आँधीका कारण २ जनाको मृत्युसमेत भइसकेको छ। २ हजार मानिस विस्थापित भएका छन्। केरल राज्यका मुख्यमन्त्री पिनाराई विजयनले चmक्रवातका कारण विद्युत् र कृषि क्षेत्रमा ठूलो नोक्सान भएको बताएका छन्।

नेपालमा कस्तो असर पर्ला?

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।अहिलेसम्मको विश्लेषणअनुसार मंगलबार र बुधबार खासगरी देशको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरी पनि चल्ने सम्भावना छ। साथै त्यसको असर मध्य क्षेत्रसम्म पनि आइपुग्ने सम्भावना छ।

‘अहिलेसम्म चक्रवात समुद्रमै छ, भोलितिर त्यो भारतको गुजरात जमिनमा प्रवेश गर्ने सम्भावना छ,’ मौसमविद् बासीले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘जमिन प्रवेश गरेपछि त्यसले कुन दिशा समात्छ भन्ने कुराले नेपालमा पर्ने असर अनुमान गर्न सकिन्छ।’

चक्रवात समुद्री तटमा रहँदासम्म त्यसको ‘ट्रयाक’ सजिलैसँग अनुमान गर्न सकिने तर त्यो जमिनमा प्रवेश गरेपछि भने कुन बाटो लाग्छ भन्ने अनुमान गर्न नसकिने उनले बताइन्।‘यसैले यसको छिनछिनमा अपडेट गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘हामी अपडेट गरिरहेका हुन्छौं, तपाईंहरूले अपडेट लिइराख्नुपर्ने हुन्छ।’

‘यसैले यसको छिनछिनमा अपडेट गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘हामी अपडेट गरिरहेका हुन्छौं, तपाईंहरूले अपडेट लिइराख्नुपर्ने हुन्छ।’अहिले (आइतबार बिहान करिब ११ बजे) सम्मको विश्लेषणअनुसार यसले खासगरी नेपालका पश्चिमी क्षेत्र र मध्य तथा पूर्वका पहाडी भेगमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा गराउने सम्भावना देखिएको उनले बताइन्।

भारतका मौसमविद्का अनुसार अरब सागरमा बनेको सामुद्रिक आँधी (चक्रवात) उत्तरतर्फ अघि बढिरहेको छ र गोवाको पन्जिमदेखि लगभग २५० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईदेखि ६२० किलोमिटर दक्षिण–दक्षिण–पश्चिम पुगेको छ।चक्रवातका कारण तमिलनाडुका तटीय जिल्ला र लक्षद्वीप टापुकाक्षेत्रमा पनि ठूलो वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved