भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर, एकै दिन थपिए तीन लाख ३२ हजारभन्दा बढी सङ्क्रमित

  • बैशाख १०, २०७८
  • ३११ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी ।छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण फैलावटको अवस्था नियन्त्रणभन्दा बाहिर गएको छ ।पछिल्लो समय तीव्र रुपमा कोरोना फैलिएको भारतमा २४ घण्टाभित्र ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि विभिन्न स्थानमा कडाई गर्दै लकडाउनको घोषणा पनि गरिएको छ । एकै दिन भारतमा तीन लाख ३२ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए । भारतमा यति धेरैमा कोरोना पुष्टि भएको पहिलो पटक हो ।

पछिल्लो २४ घण्टाभित्र तीन लाख ३२ हजार पाँच सय तीन जना नयाँ बिरामी थपिएपछि भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख ५७ हजार तीन सय नौ पुगेको छ । एकै दिन थपिएको सङ्क्रमित सङ्ख्या अन्य मुलुकको भन्दा अत्याधिक हो । सङ्क्रमितमध्ये एक करोड ३६ लाख ४१ हजार छ सय छ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

२४ लाख २८ हजार सात सय ७५ सङ्क्रमितको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र भारतमा दुई हजार दुई सय ५६ जना सङ्क्रमितले ज्यान गुमाए । एकै दिन मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पनि अन्य मुलुकको भन्दा धेरै हो । कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा अहिलेसम्म एक लाख ८६ हजार नौ सय २८ सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ६४ हजार पाँच सय ३९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड २६ लाख ६६ हजार पाँच सय ९० पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५२ लाख ३१ हजार आठ सय ७० जना उपचारपछि निको भएका छन् ।

६८ लाख ५९ हजार पाँच सय ३६ जनाको उपचार जारी रहेकोमा नौ हजार नौ सय ७५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा अमेरिकामा आठ सय ५४ सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म कोरोनाका कारण पाँच लाख ८४ हजार एक सय ८४ अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलमा एकै दिन ४९ हजार तीन सय ४४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४१ लाख ७२ हजार एक सय ३९ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २६ लाख ७३ हजार सात सय ८५ जना उपचारपछि निको भएका छन् ।

११ लाख १४ हजार पाँच सय ९७ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ को अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा दुई हजार ७० जना सङ्क्रमितको ज्यान गयो । हालसम्म ब्राजिलमा कोरोना सङ्क्रमितमध्ये तीन लाख ८३ हजार सात सय ५७ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन विश्वमा आठ लाख ६६ हजार छ सय ३१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १४ करोड ५२ लाख ९९ हजार १९ पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये १२ करोड ३५ लाख ६५ हजार एक सय ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

एक करोड ८६ लाख ४९ हजार नौ सय ३४ जना सङ्क्रमित उपचाररत रहेकोमा एक लाख १० हजार एक सय २५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र १२ हजार आठ सय ४४ सङ्क्रमितको मृत्यु भइसकेको छ । विश्वमा अहिलेसम्म ३० लाख ८३ हजार नौ सय २३ जना कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved