भारतमा एकै दिन ९३ हजारलाई कोरोना सङ्क्रमण

  • चैत्र २२, २०७७
  • ३३९ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर / छिमेकी मुलुक भारतमा एकै दिन ९३ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।भारतमा एकै दिन यति धेरै सर्वसाधारणलाई कोरोना सङ्क्रमण देखिएको पहिलो पटक हो । नयाँ थपिएकासहित कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड २४ लाख ८४ हजार एक सय २९ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड १६ लाख २७ हजार एक सय २२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।सङ्क्रमितमध्ये छ लाख ९२ हजार तीन सय ५२ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४६ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा पाँच सय १४ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार छ सय ५५ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ४१ हजार दुई सय १८ नयाँ बिरामी थपिए । यो सङ्ख्या केही दिनयताकै कम हो । ब्राजिलमा अहिलेसम्म एक करोड २९ लाख ५३ हजार पाँच सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक करोड १३ लाख पाँच हजार सात सय ४६ जना उपचारपछि निको भएका छन् ।

१३ लाख १७ हजार छ सय ५८ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा एक हजार आठ सय २७ जनाको मृत्यु भयो । हालसम्म ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ३० हजार एक सय ९३ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ६३ हजार सात सय ७१ जना नयाँ सङ्क्रमित थपिए । अमेरिकामा अहिलेसम्म सङ्क्रमित सङ्ख्या तीन करोड १३ लाख ८० हजार सात सय ४३ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३८ लाख ९३ हजार नौ सय ९४ जना उपचारपछि निको भएका छन् ।

६९ लाख १८ हजार दुई सय ५५ जनाको उपचार जारी रहेकोमा आठ हजार छ सय ६७ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा सात सय ८८ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ६८ हजार चार सय ९४ पुगेको छ ।

विश्वमा एकै दिन पाँच लाख १८ हजार एक सय नौ जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या १३ करोड १३ लाख २२ हजार नौ सय एक पुगेको छ । सङ्क्रमितमध्ये १० करोड ५७ लाख १४ हजार पाँच सय ९१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु डिस्चार्ज हुँदै कोरोनामुक्त बनेर घर फर्किएका छन् ।

दुई करोड २७ लाख ५० हजार दुई सय ५९ सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये ९७ हजार तीन सय १९ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा विश्वमा सात हजार सात सय ३५ कोरोना सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २८ लाख ५८ हजार ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved