भारतमा तीव्र रुपमा फैलिँदै कोरोना, विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २८ लाख नाघ्यो

  • चैत्र १७, २०७७
  • ७१२ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर / छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेको छ ।ही समय अघिसम्म लगभग नियन्त्रणनजिक पुगेको कोरोना सङ्क्रमण फेरि बढ्न थालेको हो ।

भारतमा कोरोनाविरुद्धको खोपको प्रयोगलाई पनि बढाइएको छ । तर पनि नियन्त्रणनजिक पुगेको कोरोना सङ्क्रमण पछिल्लो समय तीव्र रुपमा फैलन थालेको हो । खुला सीमा नाका र निर्वाध आवतजावतका कारण नेपालमा पनि भारतबाटै कोरोना सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।

पीसीआर परीक्षण गरिएकामध्ये एकै दिन भारतमा ५६ हजार एक सय १९ जनामा कोरोना पुष्टि भयो । यो सङ्ख्या पछिल्लो २४ घण्टामा विश्वका अन्य मुलुकमा भेटिएका सङ्क्रमितभन्दा धेरै हो । यस अघि कोरोना नियन्त्रणउन्मुख हुँदा भारतमा दैनिक १० हजार हाराहारीमा सङ्क्रमित भेटिने गरेका थिए ।

भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख ९५ हजार तीन सय २९ पुगेको छ । २४ घण्टाभित्र भारतमा दुई सय ६६ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भारतमा एक लाख ६२ हजार एक सय ४७ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड १३ लाख ९० हजार आठ सय २९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पाँच लाख ४२ हजार तीन सय ५३ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत हालसम्म कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको ब्राजिलमा एकै दिन ४२ हजार छ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या केही दिनयता दैनिक भेटिएका सङ्क्रमितको भन्दा कम हो । ब्राजिलमा हालसम्म एक करोड २५ लाख ७७ हजार तीन सय ५४ जनामा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा एक हजार नौ सय ६६ जना सङ्क्रमितले ज्यान गुमाए । हालसम्म कोरोनाका कारण तीन लाख १४ हजार दुई सय ६८ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड नौ लाख ६९ हजार दुई सय ४७ जनाको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । १२ लाख ९३ हजार आठ सय ३९ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ५३ हजार सात सय ७३ जना सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या तीन करोड १० लाख २७ हजार नौ सय ७३ पुगेको छ । सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा पाँच सय ९१ जनाले ज्यान गुमाए ।

आफूलाई विश्वकै शक्तिशाली भन्न रुचाउने अमेरिकामा हालसम्म कोरोनाका कारण पाँच लाख ६३ हजार एक सय ५८ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ३५ लाख तीन हजार दुई सय ७५ जना उपचारपछि घर फर्किएका छन् । ६९ लाख ६१ हजार पाँच सय ४० जनाको उपचार भइरहेकोमा आठ हजार छ सय ६७ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा एकै दिन चार लाख १४ हजार नौ सय ७६ जनामा कोरोना पुष्टि भयो । हालसम्म १२ करोड ८२ लाख दुई हजार एक सय १७ जना सङ्क्रमित भेटिएका छन् । २४ घण्टाभित्र सात हजार ५६ जनाले ज्यान गुमाए । विश्वमा कोरोनाका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या मङ्गलबार बिहानसम्ममा २८ लाख नाघेको छ । सङ्क्रमितमध्ये विश्वमा हालसम्म २८ लाख तीन हजार पाँच सय ३७ जनाको मृत्यु भइसकेको हो ।

सङ्क्रमितमध्ये १० करोड ३४ लाख आठ हजार छ सय ८६ जना उपचारपछि निको भएका छन् । दुई करोड १९ लाख ८९ हजार आठ सय ८४ जनाको उपचार जारी रहेकोमा ९४ हजार चार सय ८६ जनाको अवस्था गम्भीर छ । विश्वमा हालसम्म दुई सय २१ मुलुकमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved