विश्वमा साढे पाँच लाखभन्दा बढी सङ्क्रमित थपिए, साढे नौ हजारको मृत्यु

  • चैत्र १५, २०७७
  • ११७ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी । विश्वमा एकै दिन साढे पाँच लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण लगभग साढे नौ हजार जनाको मृत्यु भएको छ ।

एकै दिन विश्वमा पाँच लाख ६५ हजार सात सय ६३ जना नयाँ बिरामी थपिएका हुन् । हालसम्म विश्वमा सङ्क्रमित सङ्ख्या १२ करोड ७२ लाख ५८ हजार नौ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा नौ हजार चार सय ९३ जनाले ज्यान गुमाए । विश्वमा अहिलेसम्म २७ लाख ८८ हजार सात सय ५० जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये १० करोड २५ लाख ४६ हजार सात सय ८२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएका छन् । दुई करोड १९ लाख २३ हजार चार सय ४५ जनाको उपचार जारी छ । उपचाररतमध्ये ९३ हजार ६७ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण हालसम्म सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ६२ हजार आठ सय ७३ जनामा सङ्क्रमण पुष्टि भयो । हालसम्म सङ्क्रमित सङ्ख्या तीन करोड नौ लाख १६ हजार तीन सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा सात सय ७१ जनाको ज्यान गएसँगै अमेरिकामा हालसम्म पाँच लाख ६१ हजार नौ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ३३ लाख ४७ हजार आठ सय १६ जना उपचारपछि निको भएका छन् । ७० लाख छ हजार पाँच सय ४४ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार छ सय २५ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो समय तीव्र रुपमा कोरोना फैलिइरहेको ब्राजिलमा एकै दिन ८३ हजार ३९ जना नयाँ सङ्क्रमित थपिए । यो सङ्ख्या अन्य मुलुकमा सङ्क्रमण पुष्टि भएको भन्दा धेरै हो । ब्राजिलमा हालसम्म सङ्क्रमितको सङ्ख्या एक करोड २४ लाख ९० हजार तीन सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ६८ जना कोरोना सङ्क्रमितको ज्यान गयो । एकै दिन मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि अन्य मुलुकको भन्दा उच्च हो । हालसम्म ब्राजिलमा तीन लाख १० हजार छ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये एक करोड आठ लाख ७९ हजार छ सय २७ जना उपचारपछि निको भएका छन् । १३ लाख ४१ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ सङ्क्रमित सिकिस्त बिरामी छन् । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

नेपालसँग खुला सिमाना रहेको छिमेकी मुलुक भारतमा एकै दिन ६२ हजार छ सय ३१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड १९ लाख ७१ हजार चार पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ११ जनाले ज्यान गुमाए । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भारतमा एक लाख ६१ हजार पाँच सय ८६ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड १३ लाख २१ हजार पाँच सय ७८ जना उपचारपछि निको भएका छन् । चार लाख ८७ हजार आठ सय ४० जनाको उपचार जारी छ । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved