व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री

  • आश्विन १२, २०७७
  • १६२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं :  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गरेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । एक व्यक्तिले तीन केजीसम्म किन्न पाउनेछन् । कम्पनीका अनुसार शुक्रबार १७ क्विन्टल बिक्री भएको छ भने आइतबार लगभग २९ क्विन्टल बिक्रि भएको थियो । बजारभाउ भन्दा केही सस्तोमा प्याज बिक्री गरिएपछि प्याज किन्नका लागि सोमबार पनि उपभोक्ताको लामो लाइन लागेको थियो ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो । बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो । बिक्री भएको प्याजको रकम ५२ रूपैयाँ राजस्व र ८ रूपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि बजारमा प्याजको कृत्रिम अभाव खडा गरी अत्यधिक मूल्य लिएर प्याज बिक्री भइरहेको सूचनाका आधारमा उपत्यकाका विभिन्न पसलमा अनुगमन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved