बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु

  • आश्विन ५, २०७७
  • १९६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं  : कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु भएको छ । आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित संख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज भएको छ ।

बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भएको थियो ।सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान संख्या बढाइने बताएका छन् । सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् ।

कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् । यसअघि भदौ १ देखिनै आन्तरिक उडान खोल्ने सरकारले निर्णय गरेको थियो । राजधानी काठमाडौँसहित देशभर कोरोना सङ्क्रमण बढेपछि आन्तरिक उडान पुनः स्थागन गरिएको थियो । पछिल्लो पटक भदौ मसान्तदेखि देशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा पनि खुला भइसकेको छ । पर्यटन क्षेत्रका होटल, रेस्टुराँलगायत व्यवसाय पनि स्वास्थ्य सावधानी अपनाएर सञ्चालमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved