कोरोना विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

  • भदौ २३, २०७७
  • १८७ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं : रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।

“स्पुत्निक फाइभ”नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो ।

यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो ।

अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved