भारतीय तरकारीसंग प्रतिस्पर्धा गर्न नसक्दा उचित मुल्य पाउन नसकेको किसानको गुनासो

  • भदौ १७, २०७७
  • १७८ पटक पढिएको
  • न्यू पाटी
alt

मोरगं । भारतीय तरकारीसंग प्रतिस्पर्धा गर्न नसक्दा आफुहरुले उचित मुल्य पाउन नसकेको मोरगंको जाँतेका तरकारी किसानले गुनासो गरेका छन । तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपनि सहज रुपमा भित्रने भारतीय तरकारीसंग प्रतिस्पर्धा गर्नु पर्ने तथा व्यापारीहरुले तोकेको मुल्यमा विक्री गर्नु पर्दा आफुहरुले उचित मुल्य पाउन नसकेको किसानहरुले गुनासो गरेका हुन ।

मोरगंको लेटागं नगरपालिका वडा नम्बर ८मा विगत दुई दशक देखि तरकारी खेती गर्दै आएकी किसान तारादेवी तिम्सीनाले भारतीय तरकारीको कारण भाउन पाउन नसकिएको तथा तरकारी उत्पादन गर्ने किसानहरुले भाउ राख्न नपाई व्यापारीले तोकेको भाउमा वेच्नु परिरहेको गुनासो गरेकी हुन । मिहीनेत अनुसार तरकारी खेतीबाट राम्रो आम्दामी लिन सकिने वताउदै तारादेवीले बार्षिक रुपमा ९ कठ्ठा जमिनबाट ४लाख सम्म आम्दामी गर्ने गरेको सुनाइन ।

snapshot_047

तरकारी उत्पादनका दृष्टिकोणले उर्भरभुमी भएको जाँते क्षेत्रमा तरकारी खेतीबाट राम्रो आम्दामी लिन सकिने भएपनि किसानहरुका लागि प्राविधिक ज्ञान , सहुलियतमा ऋण , तालिम र सिचाई सुविधाको अभावले गर्दा लिन सकिने जती अझै उत्पादन लिन नसकेको किसानहरुको गुनासो रहेको छ । तरकारी खेती गर्ने हो भने कमाउनकै लागी विदेशीनु नपर्ने र आफ्नै गाँउ घरमामै तरकारी खेती गरेर राम्रो आम्दामी गर्न सकिने अवस्था तर सरकारले किसानहरुका लागि प्राविधिक ज्ञान , सस्तो ब्याजमा ऋण उपलव्ध गराउनु पर्ने साथै सिचाईको ब्यवस्ता हुनुपर्ने तरकारी किसान सरोज तिम्सीनाको गुनासो रहेको छ ।

तिम्सीना कृषी फर्म दर्ता गरेर जाँते क्षेत्रमा तरकारी खेतीबाट राम्रो आम्दानी लिदै आएका तिम्सीनाना परिवारले मौषमी तथा बेमौषमी तरकारी खेती गर्दै आएका छन । यति बेला पहिलो पटक टनेलमा बेमौषमी टमाटर लगाएर राम्रो आम्दामी लिनथाले छन् । तिमल्सीनाले जाँते क्षेत्रमा सिचाईको लागि समस्या रहेको भन्दै कृषिलाई प्रोत्साहन गर्दै स्थानीय सरकारले सिचाईको लागि पैनीको व्यवस्था र समय समयमा तालिमको व्यवस्था गरिदिनु पर्ने माग गरे ।

यस क्षेत्रमा तेलिगडामे पैनीको मर्मत गरेर सिचाईको ब्यवस्ता मिलाए ८र ९ वाडा वासी किसानहरु लाभान्वित हुने पनी तिम्सीनाले बताए । तिम्सीना तत्कालिन जाँते गाविस बाट उत्कृष्ठ कृषककोरुपमा सम्मानित भइसकेका छन् । यहाँ उत्पादीत तरकारीहरु पुर्वका मुख्य सहरका ब्यपारीहरु विक्रीका लागि खेतमै लिन आउने गरेका छन् । यो क्षेत्रका मानिसहरुको मुख्य पेशाका रुपमा कृषी र बैदेशीक रोजगारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved