घर आँगन बचत तथा ऋण सहकारी संस्थाले मनायो १२ औं वार्षिक साधारण सभा

  • श्रावण २३, २०७७
  • २७३ पटक पढिएको
  • शिव भट्टराई
alt

मोरङ : प्रदेश नं १ मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ७ गोठगाउँ स्थित घर आँगन बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सुन्दरहरैंचा वार्ड नं ७ मा रहेको लालीगुराँस भजन किर्तन समूहको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाका अध्यक्ष उमेश उप्रेतीको सभापतित्व रहेको थियो।
 
उक्त कार्यक्रममा प्रमुख अतिथि निरौलाले अहिले देशमा सहकारीको महत्वपूर्ण भूमिका रहेकाले सहकारीहरु व्यवसायिक हुनुपर्ने ,आफ्ना वित्तीय कारोबारहरुलाई अरु बैंक, फाइनान्स हरु संग प्रतिष्पर्धी रूपमा उच्च प्रविधिको प्रयोग गर्दै सदस्यहरूको सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणको भूमिका खेल्नु पर्ने बताएका छन् भने कार्यक्रमका विशिष्ठ अतिथि वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौला, सुन्दरपुर साकोसका अध्यक्ष कृष्ण प्रसाद दाहाल र सहकारी एकीकरण कार्यदलका संयोजक कृष्ण प्रसाद भुर्तेलले शुभकामना मन्तव्य दिएका थिए।
117336387_1397197807335359_444741611014224999_n
 
हाल सम्म संस्थाले ३८ लाख ३४ हजार ३०० सेयर पुँजी , १ करोड २५ लाख ९८ हजार ९ सय ७९ बचत, २४ लाख ८० हजार १ सय ६१ कुल आम्दानी, १ करोड ५६ लाख ७८ हजार २ सय ८१ ऋण लगानी , साथै ५ लाख ८५ हजार ९ सय ६० कुल नाफा गर्न सफल भएको यस संस्थाले जम्मा ६९७ जना सेयर सदस्य बनाउन सफल भएको छ भने साधारण सभा संस्थाका सचिव अम्बिका प्रसाद सापकोटाले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved