सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले मनायो २४औं बार्षिक साधारण सभा

  • श्रावण १८, २०७७
  • १९७ पटक पढिएको
  • शिव भट्टराई
alt

सुन्दरहरैंचा  : सामाजिक दुरी कायम गर्दै मोरंगको सुन्दरहरैंचा – ६ मा रहेको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। २०५४ सालमा स्थापना भएको उक्त संस्थाले बितिय पहुँच नभएका स्थानिय जनतालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह तथा निक्षेप संकलन गर्दै सेवा दिदै आएको छ।यस संस्थाले २०७५ र २०७६ सालमा गुणस्तरीय तथा ब्यबसायिक संस्थाको रुपमा नेपाल सरकार सहकारी बिभाग र नेफ्स्कुनबाट संयुक्त रुपमा प्रोबेसन ब्राण्ड प्राप्त संस्थाको रुपमा समेत पुरस्कृत भएर परिचय पनि पाएको छ।
 
बार्षिक साधारण सभाको उदघाटन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्रेलले सहकारी एकीकरण प्रक्रियालाई स्वागत गर्दै देशको ३ खम्बे अर्थनीतिमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारी अब ब्यबसायीमुखी हुनु पर्ने जोड दिएका छन्।
116574345_2408571579442766_9059681880579535768_n
 
३ हजार ५ सय ४० शेयर सदस्य रहेको उक्त संस्थाको शेयर पुंजी २ करोड ५९ लाख ३६ हजार ९ सय रहेको र २२ करोड ९२ लाख ७३ हजार निक्षेप संकलन तथा १७ करोड ८६ लाख १४ हजार लगानी गरेको यस वर्षको प्रतिवेदनमा उल्लेख छ। सेवाको गुणस्तर बढाउने र संस्थामा रहेको सदस्यको सेयर र निक्षेप सुरक्षा गर्नुका साथै संस्थाका सदस्यको हितका लागि अघि बढ्दै संस्था एकीकरणको प्रक्रिया पुगेको अध्यक्ष कृष्ण प्रसाद दाहालले बताएका छन ।
116334541_810309216172147_5127947144035607980_n
 
एकिकरण अभियानमा सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थासंग सोहि नगरपालिका वडा ७ मा रहेको गछिया, घरआँगन र प्रसुन साकोस, वडा – १२ मा रहेको गुँरास र शुभलक्ष्मी साकोस, वडा -४ मा रहेको न्यूनमुना, पिण्डेश्वरी साकोस, वडा १० मा रहेको प्रारम्भ साकोस गरि ९ वटा साकोस बीच एकीकरण गरि कनकलक्ष्मी बचत तथा ऋण सहकारी बन्ने तयारि निष्कर्षमा पुगेको अध्यक्ष दाहालले जानकारी दिनुभयो। २४ औं बार्षिक साधारण सभामा संचालक समितिका तर्फबाट आर्थिक बर्ष २०७६/०७७ बार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्ययोजनाको बारेमा संस्थाका सचिब चुडामणि दुलालले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved