अनलाईन आर्ट प्रतियोगिता सपन्न ४४ जनालाई पछि पार्दै सुमित्रा चौधरी उत्कृष्ट

  • श्रावण ४, २०७७
  • १९८ पटक पढिएको
  • शिव भट्टराई
alt

बिराटनगर : थारु समुदायको महिलाहरुको प्रतिभा प्रश्पुटन गर्ने उद्धेश्यले थारु कला केन्द्रले बिराटनगरमा अनलाई थारु आर्ट प्रतियोगिता सपन्न गरेको छ। थारु समुदाय संस्कृतिका धनि जाति। थारु कला केन्द्रले बन्दाबन्दिको अवसरलाई सदुपयोग गर्दै बिराटनगरमा आफ्नो संकृति जगेर्ना गर्न अनलाई कार्यक्रम गरेको थियो। सहभागीहरुले घरमै बसेर लकडाउनलाई सदुपयोग गर्दै थारु संस्कृति झल्किने सामग्री निर्माण तथा आफ्नो सीपलाई कलात्मक ढंगले उतार्दै आफ्ना भीडियो मार्फत आफ्ना प्रतिभा अनलाई मार्फत प्रस्तुत गरेका थिए।
 
नेपालमै पहिलो पटक यस किसिमको अनलाई कार्यक्रम थारु आर्ट प्रतियोगिताको शनिबार बिजयी हुनेलाई नगद र प्रमाण पत्रले पुरस्कृत गर्दै सपन्न गरेको छ। यस किसिमको प्रतियोगिता नेपाल मै पहिलो पटक भएको हो। प्रतियोगितामा .४४ जना सहभागी मध्ये बिजयी हुने प्रथमले १५ हजार , द्धितियले १० हजार र तृतीय हुनेले ५ हजार नगद र प्रमाण पत्र बितरण प्राप्त गरेका छन् । उत्कृष्ट १० भित्रम पर्न सफल सहभागीलाई समेत ४ हजार जनही नगद पुरस्कार बितरण गरेको थियो। प्रथम हुनेमा सुमित्रा चौधरी, द्धितिय रश्मि चौधरी, तृतीय हुनेमा खुर्की चौधरी भएकी हुन। थारु समुदायमा लोप रहेको कलात्मक समाग्री र आफु भित्र रहेको कलालाई संरक्षण गर्न कार्यक्रमको आयोजना गरेको थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासले बताए।
109246139_304608240684853_1591176150549825710_n
 
बिराटनगरमा सपन्न भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद चुमनारायण तबदारले पहिलो पटक गरेको अनलाईन मार्फत कार्यक्रम सराहनीय रहेको भन्दै संस्कृतिको जगेर्णा गर्न राज्यको दायित्व रहेको बताए । उक्त प्रतियोगिताको ८ जना निर्णायक मण्डल रहेको थियो भने अनलाई फेसबुक मार्फत गरेको उक्त कार्यक्रममा लकडाउनको समयलाई सदुपयोग गर्दै कार्यक्रम आयोजना गरेको कार्यक्रममा सहभागी भएका बिजेता हर्षित देखिन्थे। महिलाहरु कार्यक्रम गरेर अनलाई मार्फत गरेको प्रतियोगितामा थारुहरु अगाडि बढ्न हौसला प्रदान गरेको भन्दै थारु सस्कृतिको जगेर्ना गर्न र थारु समुदायका महिलालाईअगाडी बढ्न मदत पुगेको थारु कला केन्द्रका सल्लाहकार सुचि चौधरीले बताइन ।
107831940_4632777653402688_1348291308485177004_n
 
थारु कल्याणकारी सभा मोरङ अध्यक्ष प्रदिप भगत, अधिबक्ता मधुसूदन चौधरी , समाजसेवी बलभद्र सरदार, केन्द्रका सल्लाहकार सुचि चौधरी लगायतले आफ्ना भनाई राखेका थिए। थारु कला केन्द्रले यस भन्दा अगाडी नोबेल मिस्टर एण्ड मिस थारु आइकन, थारु संकृती जगेर्ना गर्न र पौराणिक लोपोन्मुख समाग्री निर्माण तथा संरक्षण कार्यक्रम लगायत विभिन्न तालिम र समाजमा चेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved