टिकटक प्रतियोगिता २०२० का टप १० लाई पुरस्कार वितरण साथै राष्ट्रवादी गीतको विमोचन

  • श्रावण १, २०७७
  • २४४ पटक पढिएको
  • शिव भट्टराई
alt

इटहरी :नेपालमै पहिलो पटक चलचित्र क्षेत्रको सहभागितामा आयोजना गरिएको टिकटक प्रतियोगितामा सुनसरी धरानकी रक्षा राई प्रथम भएकी छिन्। बुद्ध इन्टरनेशनल फिल्मस प्रालि तथा डिपलव कुलुगं इन्टरटेनमेन्टको आयोजनामा टिकटक प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा धरानकै अनु मगर दोस्रो , काठमाडौका गुनगुन थापा तेस्रो ,रेश्मा वान्तवा राई र विनोद खड्का चौथो , मोहन क्षितिज पाँचौ , शिव भट्टराई र भावना भट्टराई छैठौं, सातौं कमान सिङ राई, आठौं जुना लामा र नवौं जेनिसा रिजाल बन्न सफल भएका छन् ।
 
प्रतियोगिताका विजयीहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार ,प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो हुने प्रतियोगीलाई नगद एघार हजार एघार सय एघार रुपौया सहित चलचित्र र म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने जानकारी गराइयो ।
107713229_289712372462828_3020896772087108434_n
 
दोस्रो र तेस्रो हुनेलाई चलचित्र र म्युजिक भिडियोमा अभिनयको मौका प्रदान गरिने जनाइयो । सोही कार्यक्रममा मिडिया पार्टनर रातो तारा डट कम का पत्रकार शिव भट्टराईलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो। बुद्ध इन्टरनेशनल फिल्मस प्रालिको व्यानरमा निर्माण गरिएको नेपाली चलचित्र फेक फ्रेन्डको गितबाट सहभागीहरुको छनौट गरी नेपाली चलचित्रकै गितहरुमा बनाइएका टिकटकहरु फाइनल चरणमा समावेश गरिएको थियो । कार्यक्रममा बुद्ध इन्टरनेशनल फिल्मस प्रालिका भिम लामाको अध्यक्षता तथा नायक निर्माता प्रेम सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो भने साहित्यकार साथै बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीको विशिष्ट आतिथ्यता रहेको थियो।
107947818_892831251196988_5543926546563228514_n
 
सोही अवसरमा भिम लामा र प्रेम विष्टको शब्द गंगा गौतम आचार्य र प्रेम विष्टको स्वर तथा राम धामीको संगित रहेको ' जाऔ साथी सरर ' बोलको राष्ट्रवादी गितको म्युजिक भिडियोको विमोचन गरियो । कार्यक्रममा निर्माता निर्देशक अरुण प्रधान , परशुराम चौधरी , अशोक चेम्जोगं , लाखमान योञ्जन, साहित्यकार इरान राई सेवक लगायत अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved