भारतमा कोरोना संक्रमितको संख्या ८१ हजार ९०० नाघ्यो

  • जेठ २, २०७७
  • २५२ पटक पढिएको
  • रासस
alt

गत २४ घन्टामा भारतमा थप तीन हजार ९६७ जना कोरोनाभाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९)को संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको संख्या दुई हजार ६४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोनाभाइरस संक्रमित रहेका छन् । महाराष्ट्रमा छ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोनाभाइरसको संक्रमणबाछ एक हजार १९ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ नौ हजार ६७४ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ भने दुई हजार २४० जना भने निको भएका छन् । तमिलनाडूमा ६६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गुजरातमा नौ हजार ५९१ संक्रमति रहेका छन् भएका भने तीन हजार ७५३ निको भएका छन् । गुजरातमा कोरोनाभाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ४७० पुगेको छ । दिल्लीमा तीन हजार ४५ जना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ ।

संक्रमण फैलिनेक्रम नरोकिएपछि भारत सरकारले देशव्यापी ‘लकडाउन’लाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुनेगरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोनाभाइरसको संक्रमण देशभरि बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।  प्रधानमन्त्री नरेन्द्र मोदीले थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved