अमेरिकी उपराष्ट्रपतिका प्रेस सचिव मिलरलाई कोरोना

  • बैशाख २७, २०७७
  • २३६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सचिव केटी मिलर कोरोना संक्रमित भएकी छन् । दुई दिनअघि मात्र राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक कोरोना परीक्षण हुन थालेको छ । ट्रम्पलाई सुरक्षित राख्नका लागि हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ । मिलरसँग राष्ट्रपति र उपराष्ट्रपति पछिल्ला दिनमा सम्पर्कमा नआएको दाबी गरिएको छ ।

हिजो उपराष्ट्रपति पेन्स वासिंटन बाहिर धार्मिक नेतासँगको भेटका लागि जाने क्रममा उनको विमानमा रहेका ६ जनालाई अचानक बाहिर निकालिएको थियो । उनीहरु हालै मात्र कोरोना संक्रमण पुष्टि भएकी मिलरसंग सम्पर्कमा आएका थिए ।मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । गत बुधबार ट्रम्पको सेवामा खटिने सैन्य टिमका एक सदस्यमा पनि कोरोना संक्रमण पुष्टि देखिएको थियो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved