रौतहट कारागारमै बस्न चाहन्थे आलम, नख्खु ल्याउँदा प्रहरीसँग भयाे भनाभन

  • मंसिर १, २०७६
  • १७६ पटक पढिएको
  • न्यू पाटी
alt

आलम : म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ।
प्रहरी : तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ।
आलम : (झर्किंदै) म अन्त जान्नँ।
प्रहरी : तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ।
आलम : कुन करागार लाने कुरा छ? डिल्लीबजार कि अन्तै?
प्रहरी : डिल्लीबजार होइन, नख्खु।
आलम : निकै टाढा छ कि क्या हो?
प्रहरी : छैन, नजिकै छ।

जिल्ला अदालत रौतहटहले पुर्पक्षका लागि जेल चलान गर्नै आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताव आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो। त्यस क्रमममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ।

पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन्। चर्काे स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन्। यो खबर आजको कान्तिपुरमा मातृका दाहाल (काठमाडौं) र शिव पुरी (रौतहट) मिलेर लेखेका छन्।

काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले ‘एस्कर्टिङ’ गाडीसहित पठाएको थियो।  

२०६४ चैत २७ गते राति बम विस्फोटमा घाइते भएका मानिसलाई इँटा भट्टामा हालेर मारेको अभियोगमा आलमसहित १२ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved