एक्काइस आमाहरुबाट सञ्चालित मायाघर प्रदेश १ कै नमुना बन्दै

  • कार्तिक ३०, २०७६
  • २९९ पटक पढिएको
  • रञ्जना पौडेल
alt

इटहरी । नाम नै यस्को पहिचान हो । समाज आधुनिकता तर्फअघि बढ्दै जादा स्थापित मूल्य मान्यता र नैतिकतामा कमि पनि सँगसँगै लिएर आउने रहेछ । व्यक्तिले सोच्ने बिचार देखि नियती सम्म नैतिकताको कसिमा दिनानुदिन ओरालो लाग्दो रहेछ । कोही अरुको जिन्दगी र भविश्य खोस्नमा खुसि छन । कोही ति खोसिएका कमजोरहरुको खुसि फर्काउन प्रयासरत छन्,आखिर यहि लुकामारि मै चलेको रहेछ समाजको सामाजिक चरित्र । जिवन वाच्नु मात्र होई बचाउनु पनि हो । यहि मूलमन्त्रको जगमा स्थापित एक परोपकारि संस्था हो इटहरीको माया घर ।

इटहरी चोक देखि करिब अढाई किलो मिटर उत्तर हवाई चोकमा स्थापित छ माया घर । इटहरीको बिभिन्न संघ संस्थामा आवद्ध २१ जना आमाहरुद्धारा २०७४ साल फागुन १० गते स्थापना भएको हो । सुरुवाती दिनमा भाडाको एक कोठाबाट संचालनमा आएको यो संस्थाले हाल आफ्नै पाँच काठे भवन निर्माण गर्न सफल भएको छ । मुख्यत यो संस्था घर परिवारबाट अपहेलित भै सडकमा भौतारिएका मानशिक रोगी तथा वृद्धवृद्धाहरुलाई तत्काल संरक्षण गरि पछि उनिहरुकै घर परिवारमा पूर्नस्थापना गर्ने उदेश्य बाट प्रेरित छ ।

हाल संस्थामा मानशिक रोगी १२ जना,बालबालिका २ जना,शिशुहरु ५ जना,किशोरीहरु ७ जना तथा बुवाहरु २ जना रहेको संस्थाकि सचिव सुभद्रा प्याकुरेलले जानकारी दिईन । मानशिक रोगीहरको संरक्षणमा प्रदेश १ मा यो बाहेक कुनै पनि संस्था हाल सम्म अस्तित्वमा रहेको देखिदैन । अन्य रोगीलाई भन्दा बिशेष ध्यान दिनुपर्ने,विशेषज्ञ डाक्टर बाट उपचार गराउनु पर्ने,उपचारको अवधि लामो हुने तथा बारम्बार अस्पताल लादै ल्याउदै गर्नु पर्दा खर्च बढी हुने बताउछि सचिव प्याकुरेल । यति हुदाहुदै पनि बिभिन्न संघ संस्था र आ आफ्नै सहयोगमा माया घरलाई निरन्तरता दिन दृढ छन संचालक आमाहरु ।

संस्थामा जोडिन आईपुगेका महिलाहरु पुरुषहरुले प्रेम जालमा फसाएर पछि दुई जिउकी भएपछि छोडेर भागेका वा घर परिवारबाट तिरस्कृत भएका असहायहरु छन । आफ्नो प्रेमीले धोका दिएको वा परिवारले त्यग्दाको पिडाले मानशिक स्वास्थ्थ गुमाउन पुगेका ति आमा सँगै बिनाकारण पिडित छन ति नवँजात शिशुहरु पनि । समाजले नैतिकताको धरातल गुमाउदै जानुमा कतै हामी र हाम्रो शिक्षा प्रणाली तथा बिद्यमान कानुन त दोशी छैन ? यो प्रश्न सबै माझँ तेस्रिएको छ ।

सरकारी निकायको ध्यान सबैतिर समान नपुग्न सक्छ तर समाजमा निस्वार्थ भावले केही गरौं भन्ने जिम्मेवारी लिन खोजेका वा लिईरहेका संघ न यहाँ ।सस्थालाई राज्यले आर्थिक र नैतिक सहयोग गरेर समाजको कालो छाँयालाई मेट्ने दिशामा अघि बड्न ढिला नगरोस भन्नेहरुको पनि कमी छैन यहाँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved