कोरोना भाइरसको नयाँ संक्रमण नदेखिएको चीनको दावी

  • चैत्र ६, २०७६
  • १९० पटक पढिएको
  • एजेन्सी
alt

चीनले आफ्नो देशमा कोरोना भाइरसको नयाँ संक्रमण नदेखिएको दावी गरेको छ । चीनको हुबेई प्रान्तको वुहानमा शुरु भएको कोभिड–१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ संक्रमित फेला नपरेको चिनियाँ अधिकारीहरूले दावी गरेका हुन् ।

तर बाहिरबाट चीन आएका ३४ जना व्यक्तिमा भने नयाँ संक्रमण देखिएको जनाइएको छ । जनवरी यता चीनमा ८१ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको थियो ।

यो भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी मानिसको मृत्यु पनि चीनमै भएको छ । अहिलेसम्म ३ हजार २२५ जनाको मृत्यु यसैका कारण भएको छ । ७० हजारभन्दा बढी व्यक्तिलाई भने निको भएको बताइएको छ ।

१० हजारभन्दा बढी व्यक्तिमा अझै संक्रमण सक्रिय रहेको जनाइएको छ । संक्रमण फैलिएपछि कठोर क्वारेन्टाइन नीति लागु गरेकाले भाइरस थप फैलनबाट रोक्न सकिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । यद्यपि, चीनमा कोरोना भाइरसको जोखिम हटिनसकेको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved