कोरोना संक्रमणबाट विश्वभर ४ हजार ७ सय ४९ जनाको मृत्यु

  • फाल्गुन ३०, २०७६
  • २२५ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १ सय २५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १ सय ५८ जनामा संक्रमण भएको छ । तीमध्ये चार हजार ७ सय ४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ६८ हजार ६ सय ५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६ सय ५५ जनामध्ये ५० हजार ४४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ । तर पाँच हजार ७ सय ११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत संक्रमितको अवस्था भने गम्भीर रहेको छ ।

रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय संक्रमण धेरै फैलिएको इरानमा संक्रमितको संख्या १० हजार ७५ पुगेको छ ।

इरानमा हालसम्म ४सय २९ जनाको मृत्यु भएको छ भने तीन हजार २ सय ७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा संक्रमित हुनेको संख्या झण्डै तीन हजार पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ ।

पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ ।

पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल संक्रमितको संख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको संख्या २१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved