इटहरीमा रोयल बिर्यानी हाउस यहि फागुन २८ गते देखि सञ्चालनमा आउने

  • फाल्गुन २६, २०७६
  • ३३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । पूर्वी नेपालको केन्द्र बिन्दुको रुपमा बिकसित सुनसरीको इटहरीमा पछिल्लो समय ठुलो लगानीका होटलहरू सञ्चालन भैरहेको छ । यसैबिच खानाको परिकार बिर्यानीका पारखिहरूका लागि इटहरीमा रोयल बिर्यानी हाउस यहि फागुन २८ गते देखि सञ्चालनमा आउने भएको छ । ग्राहकलाई भारतिय परिकारको स्वाद नेपालमा दिने उदेश्यले बिशेष गरि मुगल र हैदरावादी बिर्यानी होटलमा बनाईने सञ्चालक मध्येका महेस कुमार यादवले बताउनुभयो ।

इटहरीका ३ युवा व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालन हुने उक्त होटलमा बिर्यानीका बिभिन्न प्रकारहरूको स्वाद रहने साथै अन्य होटलहरूमा पाइने सेवा सुविधाहरू पनि उपलब्ध गराइने जनाईएको छ । इटहरीमा पहिलो पटक १५२ वटा मसालाहरूको मिसावटबाट बनाइएको बिभिन्न प्रकारको बिर्यानीको स्वाद चखाउन रोयल होटल तथा बिर्यानी हाउस सञ्चालनमा ल्याइएको अर्का सञ्चालक होम प्रसाद दहालले बताउनु भयो ।

मुस्लिम , पहाडे र मधेसी समुदायको संयुक्त मिलन तथा भाइचाराको समबन्ध दर्साएर समाजमा गतिलो उदहारण देखाउदै तिनै समुदायको संयुक्त लगानीमा सो होटल सञ्चालनमा ल्याइएको हो । होटलका सञ्चालकहरूमा पहाडे समुदायबाट होम प्रशाद दहाल , मधेसी समुदायबाट महेस कुमार यादव र मुस्लिम समुदायबाट समिम सिद्धकि रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved