पर्यावरण अभियन्ता लिसिप्रिया, जसले मोदीपछि विपक्षी कांग्रेसलाई दिइन् यस्तो जवाफ

  • फाल्गुन २६, २०७६
  • १५९ पटक पढिएको
  • एजेन्सी
alt

भारतमा पर्यावरणको मुद्दा उठाइरहेकी बालिका लिसिप्रिया कञ्गुजमले त्यहाँको सरकार र प्रतिपक्षी दुबैलाई आफूले उठाएका माग संसदमा छलफल गर्न ध्यानाकर्षण गराएकी छिन् ।

पर्यावरणको क्षेत्रमा योगदान दिएको भन्दै महिला दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकामा कांग्रेस पार्टीले गरेको प्रशंसाप्रति पनि कञ्गुजमले जवाफ दिएकी छिन् ।

आठ वर्षीया लिसिप्रियाले प्रधानमन्त्री मोदीको सम्मान फिर्ता गरेकामा कांग्रेसले, ‘महिला सशक्तिकरणका नाममा प्रधानमन्त्री मोदीको देखावटी प्रेम र पाखण्ड व्यवहारलाई बहादुर पर्यावरण कार्यकर्ता लिसिप्रिया कंगजमले जवाफ दिएकी छन् । प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर उनले बताएकी छन् कि उनको कुरा सुन्नु कुनै ट्विटर अभियानभन्दा धेरै महत्व राख्छ ।’ भन्दै ट्वीट गरेको थियो ।

कांग्रेसको ट्वीटमा जवाफ लेख्दै लिसिप्रियाले भनेकी छिन्, ‘ठीक छ कांग्रेस पार्टी । तपाईलाई मसंँग सहानुभूति छ । अब मुद्दाको कुरा गरौँ । राज्यसभा र लोकसभामा तपाईँका कति सांसदले मेरो माग उठाउनेछन् रु म चाहँदिन कि तपाईँ पनि मेरो नामको प्रयोग आफ्नो ट्वीटर अभियानमा गर्नुहोस् । मेरो आवाज कसले सुनिरहेको छ रु

लिसिप्रयाको ट्वीटमा कांग्रेस सांसद शशी थरुर ट्वीट गर्छन्, ‘प्रिय लिसिप्रिया, तपाईँको आवाज हाम्रो आवाज हो । म तीन वर्षदेखि शुद्ध हावा नीतिको माग गर्दै वायु प्रदुषणको मुद्दामा राउण्डटेबल बैठक गरिरहेको छु । सन् २०१९ को चुनावभन्दा पहिले नै कांग्रेस पार्टीले पर्यावरणको मुद्दामा लामो चर्चा गरेको थियो । हाम्रो धारणा प्रष्ट छ । हामी गछौँ ।’

थरुरको टालटुले जवाफ चित्त नबुझाएकी लिसिप्रियाले आफूले परिणाम खोजेको भन्दै ट्वीट गर्छिन्, ‘म तपाईको जवाफको सराहना गर्छु । तर तपाई मेरो सवाललाई कुनै वायु नीति आदिको हवाला दिएर टालिरहनुभएको छ । तपाईँको जानकारीका लागि मेरा तीन प्रमुख माग छन् । १० भारतमा जलवायु परिवर्तन कानुन पारित गरियोस्, २० भारतको सबै विद्यालय शिक्षामा जलवायु परिवर्तनको विषय राखियोस् । ३० भारतमा सबै बच्चाका लागि परीक्षा उत्तीर्ण गर्नका लागि १० रुख लगाउनैपर्ने अनिवार्य होस् ।’

लिसिप्रियाको यस मागको समर्थन गर्दै थरुरले भनेका छन्, ‘तपाईको मागलाई हामी खुशीका साथ समर्थन गर्छौँ । तर अहिले कांग्रेस विपक्षमा छ । म तपाईँसँग बाचा गर्छु कि मौका मिलेलगत्तै तपाईँका तीनवटै माग म संसदमा उठाउनेछु ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved