एचएम कलेजको आकर्षण बन्दै पूर्वको पहिलो पाँच तारे मेची क्राउन

  • फाल्गुन २४, २०७६
  • ३१७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । वैशाखदेखि सञ्चालनमा आउन लागेको पूर्वकै पहिलो पाँच तारे होटेल मेची क्राउनमा होटेलमा म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीको अवलोकन भ्रमण जान थालेका छन् । झापा धुलाबारीमा रहेको होटेलमा पूर्वका होटेल म्यानेजमेन्ट विषय अध्यापन गराउने विभिन्न कलेजहरूले बिद्यार्थीहरुलाई भ्रमणको लागि जान थालेका हुन् ।

पूर्वमा पाँच तारे होटेल सञ्चालन नहुँदाको अवस्थामा यहाँका कलेजहरूले काठमाडौँ, पोखरा र भारतसम्म विद्यार्थी भ्रमणका लागि लाने गर्दथे । अहिले भने मेची क्राउन एचएम सम्बन्धी बिद्यार्थीहरुको लागि अध्यान भ्रमण र इन्टर्नसिपको उपयुक्त थलो बनेको छ । होटेल म्यानेजमेन्ट विषयको फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड एन्ड वेभरेज र फुड प्रोडक्सन सर्भिसको प्रयोगात्मक सिकाइ र अध्यानको लागि बिद्यार्थीहरुलाई होटेल लाने गरिन्छ ।

मेची क्राउनमा अहिले हप्ताको दुई वटा कलेजहरूले विद्यार्थी भिजिट गराउने गरेको होटेलका प्रबन्धक नितेश पोखरेल बताउँछन् । पाँच तारे होटेलको व्यवस्थापन र खानपानको विषयमा बिद्यार्थीहरुलाई जानकारी गराउन पाउँदा होटेलको प्रचारसँगै उनीहरूको सिकाइ राम्रो हुने उनको भनाई छ ।

Hotel

साथै एचएम अध्यान सकेपछि त्यही बिद्यार्थीहरुले होटेलमा रोजगारको अवसर पनि पाउने होटेलको योजना रहेको पोखरेलको भनाई छ ।

‘अहिलेका युवा युवतीहरूमा होटेल म्यानेजमेन्ट सम्बन्धी राम्रो क्रेज देखिन्छ, पूर्वमा सञ्चालित कलेजका बिद्यार्थीहरु होटलमानै काम गर्ने भएकाले पनि मेची क्राउन सबैको रोजाइ बनेको छ’ । पोखरेल भन्छन् ‘होटेल भ्रमणको लागि आउने बिद्यार्थीहरु अध्यान सकेर पाँच तारे होटेलमा काम गर्न इच्छुक देखिएका छन्’ ।

दि पिक म्यानेजमेन्ट प्रा।लिबाट सञ्चालित मेची क्राउनले एचएम अध्यान गर्ने विद्यार्थी तथा कलेजहरूसँग सदैव सहकार्य गर्ने पिकका अध्यक्ष दीपक लेखक बताउँछन् । अहिलेसम्म विभिन्न स्थानका ५ वटा कलेजले होटेलमा अध्यान भ्रमण गराइसकेको समेत उनले जानकारी दिए ।

झापा बिर्तामोडमा रहेको इस्र्टन अम्पायर कलेजका सञ्चालक आलोक कार्की पनि पूर्वमा पहिलो पटक सञ्चालनमा आएको मेची क्राउन विद्यार्थीका लागि इन्टर्नसिप र भ्रमणको लागि उपयुक्त थलो बनेको बताउँछन् ।

‘विद्यार्थीका लागि पाँच तारे होटेलको व्यवस्थापन र खानपान सम्बन्धी अध्यान भ्रमण सम्बन्धी कोर्ष हुनेगर्छ, तर पाँच तारे सुविधाको होटेल नहुँदा हामीले विद्यार्थीलाई काठमार्डौ, पोखरादेखि भारतसम्म लानु पर्ने बाध्यता थियो । तर अहिले हामीलाई धेरै सहज भएको छ’ । मेची क्राउन सञ्चालनले एचएम पढ्ने विद्यार्थीको करियर र क्षमतालाई थप निखार्ने अवसर प्राप्त भएको कार्कीले भनाई छ ।

कलेजले शुक्रवार आफ्ना ९० जना विद्यार्थीलाई होटेलको अध्यान भ्रमण गराएको थियो । भ्रमणमा सहभागी बिद्यार्थीहरु पनि सञ्चालनमा आउन लागेको पहिलो पाँच तारे होटेलको अध्यान भ्रमण गर्न पाउँदा निकै उत्साहित बनेको बताए । पढाई सके पश्चात् विदेश भन्दा पनि स्वदेशमै काम गर्ने अवसर मेची क्राउनले उपलब्ध गराउने विद्यार्थीको अपेक्षा थियो ।

डेढ अर्व लगानीमा निर्माण भएको मेची क्राउन आगामी वैशाखदेखि सञ्चालनमा आउने अन्तिम तयारीमा छ । मेची क्राउन होटेलको व्यवस्थापन पहिलो नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved