कोरोना कहरः इटालीमा मृतकको संख्या १०७ पुग्यो

  • फाल्गुन २२, २०७६
  • २४५ पटक पढिएको
  • एजेन्सी
alt

कोरोना भइरसको संक्रमण बढ्दै गएपछि इटालीमा पनि १० दिनका लागि विद्यालयहरु बन्द गरिएको छ ।

चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाको संक्रमण विश्वका ८१ देशमा फैलिएपछि मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

युरोपमा सबै भन्दा बढी इटालीमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । इटालीमा पूर्व निर्धारित फुटबल प्रतियोगिताहरु पनि स्थगित गरिएको समाचारमा जनाइएको छ ।

इटालीमा हालसम्म एक सय ७ जनाको मृत्यु भइसकेको छ । इटालीका २० मध्ये १९ शहरका तीन हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोनाका कारण चीनसहित विश्वभार तीन हजार दुई सय मानिसको मृत्यु भइसकेको छ भने ९० हजार भन्दा बढी प्रभावित भएको समाचारमा जनाइएको छ ।

यता विश्व स्वास्थ्य संगठन डब्लुएचओले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासहरु पर्याप्त नभएको बताएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि विभिन्न देशहरुले सीमा नाकामा कडाइ गर्नुका साथै मानिसहरुलाई विभिन्न सभा समारोहमा सहभागी हुन कडाइ गरेको छ ।

त्यसैगरी विमानस्थलसहित सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्नुका साथै क्वारेन्टाइनहरु पनि स्थापना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved