प्रदेश १ मा पहिलो पाँचतारे होटल मेची क्राउन बैशाखदेखि सञ्चालनमा आउने

  • फाल्गुन ११, २०७६
  • ३४३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । पूर्वी नेपालको झापामा डेढ अर्ब लगानीमा निर्माण भएको पाँचतारे होटल मेची क्राउन आगामी बैशाखदेखि सञ्चालनमा आउने भएको छ । मेची क्राउन होटलको व्यवस्थापन नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ । विदेशी व्यवस्थापकले मात्र पाँच तारे होटलको व्यवस्थापन गर्दै आइरहेको बेला पहिलो पटक नेपाली युवाको समूहले पाँच तारे होटल व्यवस्थापनको जिम्मेवारी लिएको हो । होटलमा पवित्रकुमार कार्की, बलराम सापकोटा, सुरेशमान श्रेष्ठलगायतको लगानी छ । प्रदेश नम्बर १ को झापा स्थीत धुलावारीमा मेची क्राउन होटलको ‘फाइनल टच’को काम मात्र बाँकी छ ।

क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण गरेको सञ्चालक पवित्रकुमार कार्कीले जानकारी दिए । ‘हामीले सबै काम सकिसकेका छौं, केहि सामान्य काम मात्र बाँकी छ त्यो पुरा भएपछि बैशाखदेखि सञ्चालनमा आउँछ,’ उनले भने । १ सय ५ कोठा सहितको मेची क्राउनमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हल समेत छ । भारतीय पर्यटकहरुलाई लक्षित गरी निर्माण भएको सो होटल भद्रपुर विमानस्थलबाट १० मिनेटको दुरीमा मात्र छ ।

84713678_1040899212946665_5487978330290388992_n

भारतको पश्चिम बंगाल र विहारसंग सीमा जोडिने झापाका तारे होटलका मुख्य ग्राहक भारतीय हुन् । भारतीय सिमा काँकडभिट्टा त्यहाँबाट ५ किलोमिटर टाढा छ । सोहि कारण वेस्ट बंगालका पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने व्यवस्थापकको भनाइ छ । यो पूर्वि नेपालको पहिलो पाँच तारे होटल हो ।

होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले एक वर्ष अघि ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका थिए । यहि समूहले पहिलो पटक पाँचतारे होटलको व्यवस्थापन सम्हालेका हुन् । हालसम्म नेपालका अधिकाशं स्टार होटलको व्यवस्थापन विदेशी कम्पनीले गर्दै आएका छन् । त्यसमा पनि पाँच तारे होटल व्यवस्थापन गर्ने समूह पहिलो भएको दि पिक हस्पिटालिटीका सञ्चालक यादव पाण्डेको भनाई छ । उलने भेन ‘नेपाली व्यवस्थापकहरुले पनि अवसर पाएमा पाँच तारे होटल व्यवस्थापन गर्न सक्छन भन्ने सन्देश हामीले दिन खोजेका हौँ ।’ दी पिकको यो चौथो व्यवस्थापन होटल हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved