कोरोना भाईरस : चीनमा मृत्यु हुनेको संख्या २२ सय नाघ्यो,इरानमा थप २ को मृत्यु

  • फाल्गुन १०, २०७६
  • १८१ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं ।कोभिड–१९ नाम दिइएको भाइरसका कारण चीनमा २२ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जना संक्रमित भएका छन् । चीन बाहिर २६ मुलुकमा ११ सय ५२ जनामा संक्रमित र आठ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले चीन र संक्रमणको पुष्टि भएकाहरुसंग कुनै सम्बन्ध नभएकाहरुमा पनि घातक कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै चासो व्यक्त गरेको छ ।

इरानमा थप दुई जना गरी संक्रमणबाट चार जनाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चासो व्यक्त गरेको हो । डब्ल्यू एच ओका प्रमुख डा.टेड्रोस अदानोमले चीनबाहिर संक्रमितको संख्या तुलनात्मक रुपमा थोरै भएपनिस्वरुप भने चिन्ताको विषय रहेको बताए । उनले चीन र अरु मुलुकले संक्रमण नियन्त्रण र रोकथाममा चालेका कदमबाट संक्रमण थप फैलिन रोकिने सम्भावना भने देखिएको बताए ।

यता, इरानका स्वास्थ्य अधिकारीहरुले संक्रमण इरानका सबै शहरमा हुन सक्ने बताइसकेका छन् । इरानमा शिया मुश्लिमको बाहुल्य रहेको क्वाम शहर कोरोना संक्रमणको केन्द्र मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved