चीनले तीन पत्रकारको परिचय पत्र रद्द गर्यो

  • फाल्गुन ७, २०७६
  • १८७ पटक पढिएको
  • एजेन्सी
alt

चीनले द वालस्ट्रिट जर्नलका तीन पत्रकारको परिचय पत्र रद्द गरिदिएको छ । चीन विरोधी सामग्री प्रकाशित गरेको अभियोगमा उनीहरुको परिचय पत्र नै रद्द गरिदिएको हो ।

बुधबार दैनिक पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीनमा कार्यरत द वालस्ट्रिट जर्नलका पत्रकारको परिचयपत्र रद्द गरेको जानकारी दिएका हुन् । जर्नलको बेइजिङ डेपुटी ब्यूरो चिफ जोश चिन (अमेरिकी नागरिक) तथा पत्रकारहरु चाओ डेङ्ग (अमेरिकी नागरिक) र फिलिप वेन (अस्ट्रेलियन नागरिक) को परिचय पत्र रद्द गरिएको हो ।

तीनै जनालाई देश छाड्न भनिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले, सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा र आक्रोश पैदा गरेको आरोप पनि लगाए । लेख छापिएपछि उक्त पत्रिकाले सार्वजनिक रूपमा माफी पनि नमागेको भन्दै उनले बेइजिङ ब्युरोमा काम गर्ने पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको बताए । तीनै जना पत्रकारलाई पाँच दिनभित्र चीन छोड्न समय तोकिएको छ ।

पत्रकारहरुको परिचयपत्र रद्द गनुपर्ने कारण भने वालस्ट्रिट जर्नलको विचार पृष्ठमा प्रकाशित भएको सामग्रीको हेडलाइनलाई भनिएको छ । वाल्टर रुसेल मेडले लेखेको ‘चाइना इज द रियल सिक म्यान अफ एशिया’ शिर्षकको फेब्रुअरी ३ मा वालस्ट्रिट जर्नलको विचार पृष्ठमा छापिएको लेखलाई कारण मानिएको छ ।चीनको यो कदम स्वतन्त्र पत्रकारितामाथिको गम्भीर आक्रमण हो भन्दै अन्तर्राष्ट्रिय मिडियाहरुले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved