१७ सय डाक्टर कोरोना भाइरसबाट संक्रमित

  • फाल्गुन ३, २०७६
  • १७७ पटक पढिएको
  • रासस
alt

चीनमा कोरोना भाइरस (कोभिड–९०) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ ।

यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो । एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भने, “सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।”

कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कूल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उनले बताए । कोभिड–१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ ।

हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved