कोरोना भाइरस मर्नेको संख्या २१३ पुग्यो

  • माघ १८, २०७६
  • १५८ पटक पढिएको
  • न्यू पाटी
alt

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ। संक्रमितहरुको संख्या करिब १० हजार पुगेको छ। चीनबाहेकका १८ मुलुकमा करिब १ सय २८ मानिस संक्रमित भएका छन्।चीनको हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको मानिएको नोबेल कोरोनाभाइरसको संक्रमणले यतिखेर करिब करिब चीनको ३१ वटै प्रान्तहरुलाई चपेटमा लिएको छ । यो महामारी विश्वभरिनै फैलिँदै जाँदा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

टर्कीबाट २० करोड मास्क मगाइयो

संसारभरि नै सबैभन्दा बढी मास्क उत्पादन गर्ने देशमा चीन अग्रपंक्तिमा आउँछ । तर मास्क उत्पादनमा अग्रणी मुलुक चीनले नै टर्कीबाट २० करोड मास्क मगाएको छ ।

वुहान भाइरसको संक्रमणलाई रोक्नका चीनले विगत १० दिनमा त्यति ठूलो संख्यामा मास्क मागाएको हो । स्मरणीय कुरा के छ भने टर्कीले वार्षिक रुपमा १५ करोड मास्क उत्पादन गर्दै आइरहेको छ ।

त्यसो त त्यस्ता रक्षात्मक फेस मास्कको माग चीनबाट मात्रै हैन, इटाली, नेदरल्याण्ड, फ्रान्स, पोल्याण्ड र जर्मनीबाट पनि आइरहेको छ । त्यो मागका कारण यतिखेर टर्कीका मास्क उत्पादक कम्पनीहरु दिनको २४घण्टा र हप्ताको सातै दिन मास्क उत्पादनमा लागिरहेका छन् ।

२०२१ सम्ममा खोप बन्ने आशा

फ्रान्सको पाश्चर इन्स्टिच्यूट फाउण्डेसनले आगामी २० महिनाभित्रमा वुहान नोबेल कोरोनाभाइरसका विरुद्ध खोप बनाउने लक्ष्यका साथ एउटा विशेष टीम तयार गरेको छ ।

पाश्चर इन्स्टिच्यूटका एकजना साइन्टिफिक डाइरेक्टर क्रिस्टोफ दे’इन्फर्टले पेरिसमा पत्रकारहरुलाई जानकारी दिए अनुसार, सबै कुरा सही ढंगले अघि बढ्यो भने २० महिनाभित्रमा खोप उपलब्ध हुनेछ । ‘आगामी अगस्तको अन्त्यतिर हामीले क्लिनिकल ट्रायलहरु गर्न सक्नेछौं र सबै कुरा ठीकठाक भयो भने २० महिनाभित्रमा भ्याक्सिन पाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved