कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुग्यो

  • माघ १३, २०७६
  • २१५ पटक पढिएको
  • न्यू पाटी
alt

चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्य अधिकारीले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ४६१ जनाको अवस्था चिन्ताजनक छ। पाँच हजार ७९४ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। कोरोना भाइरसका कारण मृत्यु हुने अधिकांश उहान र हुबेई प्रान्तका छन्।

यसैबीच अन्य देशहरुमा पनि कोरोनाका संक्रमितहरु लगातार बढ्दै गएका छन्। थाइल्याण्डमा आठजना कोरोना भाइरस संक्रमित भेटिएको त्यहाँका उपप्रधान एवं जनस्वास्थ्यमन्त्री अनुतिन चार्नविराकुलले पुष्टि गरेका छन्। तीमध्ये पाँचजना उपचारपछि घर फर्किएका छन् भने तीनजनाको उपचार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनबाहेक एक दर्जनबढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्ट्रेलियामा तीनजना, हङकङमा आठजना, जापानमा चारजना, मकाउमा पाँचजना, मलेसियामा चारजना, सिंगापुरमा चारजना, दक्षिण कोरियामा तीनजना, ताइवानमा चारजना, अमेरिकामा पाँचजना र भियतनाममा दुईजनामा कोरोना भाइरस पुष्टि भएको छ। नेपालमा पनि एकजनामा कोरोना भाइरस पुष्टि भएको अधिकारीहरुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved