अमेरिकासँग बदला लिने तयारीमा रहेको इरानसँग यस्ताे छ सैन्य शक्ति

  • पुस २१, २०७६
  • १९६ पटक पढिएको
  • न्यू पाटी
alt

आफ्ना उच्च सैन्य अधिकारीको हत्यापछि अमेरिकासँग प्रतिशोध लिने तयारी गरेको इरानसँग कूल ५ लाख २३ हजार सुरक्षाकर्मी छन्।बेलायतको इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका अनुसार कूल सुरक्षाकर्मीमध्ये सेनातर्फ साढे ३ लाख र इस्लामिक रिभुलसनरी गार्ड्स कर्पस (आईआरजीएस)तर्फ डेढ लाख जवान सम्मिलित छन्। आईआरजीएससँग थप २० हजार जलसेना छन्।

इरानमा इस्लामिक प्रणाली रक्षा गर्न, विदेशमा आफ्ना सैन्य गतिविधि सक्रिय पार्न सन् १९७९ मा आईआरजीएसको गठनभएको थियो। जसको एउटा एकाइको रूपमा रहेका कुर्द फौजको नेतृत्व सुलेमानीले गरेका थिए।

इरानले रुस र चीनबाट हतियार निर्यात गर्छ। मध्यपूर्वका अन्य देशका तुलनामा इरानको वायुसेनाको क्षमता कमजोर भए पनि क्षेप्यास्त्रका दृष्टिले इरान शक्तिशाली छ। उसले लामो दूरीको अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गरिरहेको छ। इरानको क्षेप्यास्त्रले साउदी अरब र खाडी क्षेत्रका धेरै स्थानमा पुग्ने क्षमता राख्छन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

इरानसँग अत्याधुनिक ड्रोन छन्। जुन महिनामा अमेरिकाले जासुस गर्न स्ट्रेट अफ हर्मुजमा पठाएको ड्रोनलाई तेहरानले खसालिदिएको थियो। त्यस्तै उसले विकास गरेको ड्रोन आफ्ना समर्थक र साझेदारलाई उपलब्ध गराउँदै आएको छ। प्रविधिमा फड्को मारेको इरानसँग साइबल क्षमता पनि बलियो छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved