मान्छे हराउने क्रम बढेकाले फूलचोकीमा १२ बजेपछि पैदलयात्रुलाई निषेध

  • पुस १९, २०७६
  • २०१ पटक पढिएको
  • न्यू पाटी
alt

२०७५ माघ ६ मा फूलचोकीमा हिउँ खेल्न गएका ८-८ जनाको छुट्टाछुट्टै समूहले बाटो बिरायो। डाँडाबाट फर्कने क्रममा उनीहरू जंगलमै अलपत्र परे। पहिलोपटक फूलचोकी पुगेका उनीहरूलाई महानगरीय प्रहरी परिसर जावलाखेल र बाडेगाउँ प्रहरी प्रभागबाट खटिएको टोलीले मध्यराति उद्धार गर्‍यो।

२०७४ माघमा फूलचोकीमै हिउँ खेल्न गएका थसिखेलका १७ वर्षीय जोन तामाङ सात दिनपछि घना जंगलभित्र अर्धचेत अवस्थामा फेला परे। अजय शिक्षा सदनका प्रिन्सिपलसहित ११ जना विद्यार्थी हिउँ खेलेर फर्कने क्रममा तामाङ हराएका थिए। २०७२ पुसमा काठमाडौं विशालनगरका २० वर्षीय श्रीयान्स खत्री बाटो बिराउँदा फूलचोकीमै बेपत्ता भए ।

प्रहरीले खोजी गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियो । ०७१ मा बाटो बिराएर हराएका ११ युवायुवतीलाई ललितपुरप्रहरीले मध्यरातमा फूलचोकीबाट उद्धार गरेको थियो।

यी केही उदाहरण मात्र हुन्। प्रत्येक वर्ष फूलचोकीमा हिउँ खेल्न जाने, हाइकिङ जाने र पिकनिक जाने युवायुवती हराउने गरेका छन्। पदयात्रामा जाने कतिपयको मृत्युसमेत भएको घटनालाई मध्यनजर गरी महानगरीय प्रहरी परिसरले गोदावरीले बसपार्क क्षेत्रमा छुट्टै प्रहरीचौकी पनि स्थापना गरेको छ। प्रहरी प्रभाग बाडेगाउँले ‘डेन्जर जोन’ भनी ठाउँठाउँमा होडिङ बोर्ड रोखेको छ। तैपनि फूलचोकी जाने कोही न कोही संकटमा परेकै छन्।

‘छोटो दूरी’को बाटो प्रयोग गर्नु नै हराउनुको मुख्य कारण रहेको प्रहरी बताउँछन्। महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अरुण भट्टराईका अनुसार फूलचोकी फेददेखि टुप्पोसम्म १३ किमि दूरी छ। ‘लामो यात्रा गर्नुपर्दा प्रायः थाक्ने गर्छन् । जसरी भए पनि तल पुग्ने सोचले छोटो दूरीको बाटो प्रयोग गर्छन्,’ उनले भने, ‘छोटो दूरीमै अलमलिँदा बाटो बिराएर हराउने गर्छन्।’

कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर १२ बजेपछि पैदलयात्रुलाई प्रवेश निषेध गरिएको बताए। ‘१२ बजेअघि छिर्नेहरू दिउँसै हुने भएकाले हराउने सम्भावना कम हुन्छ,’ उनले भने । शनिबारदेखि बसपार्कभन्दा माथि उकालो चढ्ने ठाउँमा चेक प्वान्इट राखेर दैनिक जाँच थाल्ने योजना बनाइएको छ । प्रहरीले फूलचोकी घुम्न जाने व्यक्तिको नाम, फोन नम्बरसहित विवरण दर्ता गर्ने व्यवस्था मिलाउँदै छ। यो खबर आजको कान्तिपुरमा प्रशान्त मालीले लेखेका छन्।

टुप्पामा राजदल गणको युनिट भएकाले त्यहाँका सेनासँग सहकार्य गरेर ३ बजेपछि तल पठाउने गरी व्यवस्था मिलाएको भट्टराईले बताए। फूलचोकीमा हिउँ भेटाउन करिब १० किमि डाँडामा चढ्नुपर्छ। हिउँ खेलर २ किमि तल झरेपछि ‘डेन्जर जोन’मा आइपुगिन्छ । प्रहरीले यहाँ खतराको संकेत दिने सूचनाको फ्लेक्स पनि राखेको छ।

‘डेन्जर जोन’बाट काभ्रेको खानीगाउँ, चापाखर्क, फलामखानी र झरना खोला क्षेत्र जाने छुट्टाछुट्टै बाटो भेटिन्छ। यो बाटो भएर गन्तव्यमा पुग्न घना जंगल पार गर्नुपर्छ । प्रायः मानिस यहीँबाट हराउने गरेको प्रहरीको भनाइ छ । ‘हराउनेले सुरुमा बाटो बिराएको पत्तो पाउँदैनन्,’ भट्टराईले भने, ‘जति हिँडे पनि सडक नभेटिएपछि उनीहरूलाई बल्ल हराएको थाहा हुन्छ तर त्यतिबेलासम्म रात परिसकेको हुन्छ।’ फूलचोकीबाट काभ्रेको पनौती, लेले, नल्लु हुँदै मकवनापुरसम्म पुग्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved