नेपाल भ्रमण वर्ष २०२० सुरु

  • पुस १६, २०७६
  • १८५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै ।  आजदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ।भ्रमण वर्षलाई सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउने तयारी गरेको हो। भ्रमण वर्षको पहिलो दिन बुधबार काठमाडौँसहित देशका सातवटै प्रदेशमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ।

काठमाडौँको दशरथ रङ्गशालामा दिउँसो ४ बजे भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दैछिन्।कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधनगर्ने कार्यक्रम छ।त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितका वक्ताले पनि कार्यक्रममा संवोधन गर्नेछन्।

कार्यक्रममा सहभागी हुन भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री काठमाडौँ आइसकेका छन्। भ्रमण वर्ष उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलबार पूर्वाभ्याससमेत गरिएको थियो। साँझ रंगाशालामा झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने तयारी छ।

आजै देशका सातवटै प्रदेशमा पनि विशेष कार्यक्रमकाबीच भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ–आफ्नै ढंगले तयारी गरेका छन्। सबै प्रदेशका आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यको सूची तयार गरेर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरेका छन्।सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको हो। सन् २०१८ मा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved