अनौंठो व्यवहार गरिरहेको ठूलो रातो तारा विस्फोटको संघारमा

  • पुस १३, २०७६
  • २२८ पटक पढिएको
  • न्यू पाटी
alt

सर्वाधिक चम्किलो तारको ९ औं स्थानमा रहेको बेटलगुस नाम गरेको ताराले आफ्नो चम्किलोपन गुमाउँदै गएको छ।यतिबेला बेटलगुस तारा चम्किलो ताराको २३ औं स्थानमा पुगेको छ। खगोलशास्त्रीहरु यस तारालाई रातो तारा भन्ने गर्दछन्।

उनीहरुका अनुसार यस ताराले यतिबेला अनौंठो व्यवहार देखाइरहेको छ।हालै अमेरिकाको पेनसिल्भानियास्थित भिल्लानोभा युनिभर्सिटीको अनुसन्धान ‘द फेन्टिङ अफ दि नियरबाई सुपरजायन्ट बेटेलगुस’मा बेटलगुस तारा विस्फोटको संघारमा रहेको बताइएको छ।

भिल्लानोभा युनिभर्सिटीका प्राध्यापक इड ग्युनान भन्छन्,‘यस ताराले गत अक्टोबरदेखि आफ्नो चम्किलोपन गुमाउँदै गएको छ। हालसम्म यसले आफ्नो चम्किलोपनको २.५ गुणा हिस्सा गुमाइसकेको छ।’यसकारण पहिले आकाशको ९ औं चम्किलो तारा रहेको बेटलगुस यतिबेला २३ औं चम्किलो तारा बन्न पुगेको छ।

 

ताराले आफ्नो चम्किलोपन गुमाउनु फेरि पहिल्यैकै अवस्थामा आउनु स्वभाविक मानिन्छ। तर यस ताराले भने आफ्नो चम्किलोपन गुमाउँदै मात्र गएको छ।अनुसन्धानकर्ताहरुका अनुसार यसरी असामान्य हिसाबमा यस ताराले आफ्नो चम्किलोपन गुमाएको पहिलोपटक हो।

९० लाख वर्ष पुरानो यस तारा पृथ्वीभन्दा ७ सय लाइट वर्ष टाढा भएको जनाइएको छ।वैज्ञानिकहरुका अनुसार यो तारा २ अथवा ३ लाख वर्षभित्र विस्फोट हुनेछ र यसको विलय हुनेछ। सीएनएन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved