प्रचण्डले पनि जनाए सहमति, 'सभामुखमा नेम्वाङ पक्का'

  • पुस १२, २०७६
  • २०१ पटक पढिएको
  • न्यू पाटी
alt

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन । 

संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन्।

पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन्।

यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुसालमध्ये एकलाई बनाउन खोजेका थिए। तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ।

नेकपाको स्थायी कमिटी बैठक आइतबार सकिएपछि सभामुख र उपसभामुखको विषयमा अध्यक्षद्वय ओली र दाहालले निरन्तर छलफल सुरु गरेका हुन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर राजीनामा दिएपछि सभामुखको निर्वाचन गर्नुपरेको हो।

उपसभामुख डा. शिवमाया तुम्बाङ्फेलाई राजीनामा गराउने सहमति यसअघि नै भइसकेको छ।सुरुमा तुम्बाङ्फेलाई नै सभामुख बनाउनुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत लबिङ गरेकी थिइन् । संसद्को हिउँदे अधिवेशन सुरु भएसँगै नयाँ सभामुख र उपसभामुखका लागि चर्चा सुरु भएको हो।

शुक्रबार बस्ने बैठकबाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि नेम्वाङ, गुरुङ, सापकोटा, भुसाल, तुम्बाङ्फे सभामुखका दाबेदार भए पनि नेम्वाङ नै सभामुख हुने पक्का भएको छ।  आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved