स्वस्तिमालाई यौनजन्य दृश्यको डर, निर्मातासँग राखिन् यस्तो सर्त

  • आश्विन २४, २०७६
  • २०२ पटक पढिएको
  • न्यू पाटी
alt

निर्माता तथा संगीतकर्मी अर्जुन कुमारको चलचित्र ‘चपली हाइट–३’ का लागि पहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्ताव गरियो।साम्राज्ञीले चलचित्रको शीर्षकमै आपत्ति जनाइन्।

चपली हाइटका अघिल्ला दुई श्रृंखलामा समावेश गरिएका वयस्क शैलीका कन्टेन्टका कारण साम्राज्ञीले चलचित्रको शीर्षक नै परिवर्तन गरे मात्र अभिनय गर्ने बताइन्।निर्माता अर्जुनकुमारले साम्राज्ञीको सर्त मानेनन्।

साम्राज्ञीपछि अर्जुनले अभिनेत्री स्वस्तिमा खड्का समक्ष प्रस्ताव राखे। स्वस्तिमाले पनि निर्मातासँग एउटा सर्त राखिन्।विगत दुई श्रृंखलामा जस्तो तेस्रो श्रृंखलामा यौनजन्य कन्टेन्ट नराख्ने भए मात्र काम गर्ने सर्तमा स्वस्तिमा अभिनयका लागि तयार भइन्।

आजको साप्ताहिकका अनुसार अन्ततः अर्जुनले स्वस्तिमाकै सर्त स्वीकार गरे।अब चलचित्रमा यौनजन्य विषयबस्तु समावेश हुने छैन।अघिल्लो साता काठमाडौँमा आयोजित चलचित्रको घोषणा कार्यक्रमममा समेत अभिनेत्री खड्काको आशय त्यस्तै थियो।

उनी भन्दै थिइन्, ‘म चलचित्र साइन गर्नुअघि चलचित्र निर्माण गर्ने टिम र स्क्रिप्ट हेर्छु। यो क्राइम थ्रिलर चलचित्र हो, जसमा यौनजन्य दृश्य तथा विषयबस्तु समावेश छैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved