चिनियाँ प्याजको आयात ह्वात्तै बढ्यो

  • पुस ४, २०७६
  • २३६ पटक पढिएको
  • न्यू पाटी
alt

रसुवा । नेपाली बजारमा प्याजको अभाव भएपछि चिनियाँ प्याजको आयात ह्वात्तै बढेको छ । विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको छ ।

रसुवागढी नाकाबाट दुई सातादेखि दैनिक कम्तीमा ५० देखि १०० टनका दरले चिनियाँ प्याज आयात भइरहेको छ । बिचौलियाका कारण भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि व्यापारीले चिनियाँ प्याज आयात गरेका हुन् ।

चालू आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा ९ लाख १३ हजार किलो प्याज आयात भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काकाअनुसार चार करोड ४० लाख मूल्य बराबरको प्याज रसुवागढी नाका हुँदै आयात भएको हो ।पाछिल्लो पाँच महिनामा रसुवा भन्सार कार्यालयले प्याजको मात्रै ४६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved