विदेशी बालिकामाथि गिद्दे दृष्टि लाउने नेकपा कार्यकर्ता यसरी पुगे प्रहरी कष्टडीमा

  • पुस २, २०७६
  • १६१ पटक पढिएको
  • न्यू पाटी
alt

भ्रमण वर्ष २०२० मुखैमा छ। नेपाल आकर्षक र सुरक्षित गन्तव्य भनी विश्वव्यापी प्रचार छ।तर, यहीँ घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कार प्रयासमा परेकी छन्।सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिसासतमा पुगेका छन । 

मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेको बेला एक अस्टे«लियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए।सोहीबमोजिम ट्रेकिङ गाइडको काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्रेको छ। सोध्दा उनले करणीको अभियोग स्वीकार गरेका छन्।

तर, पीडितका आफन्तको दाबी छ, ‘प्रयासमात्रै हैन, बेलैमा हामीले नदेखोको भए त्यसले करणी नै गर्ने स्थिति थियो।’एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई घुम्न जाऔँ भनेका थिए।

बालिकाले बाबुआमासँग पनि चिनजान भएको केटाले घुमाउँछु भनेपछि राम्रै मनशाय होला भन्ठानिन्।तर, ५ बजे साँझ खस्नै लाग्दा सुनिलले केही पर पुगेपछि अश्लिल शब्द प्रयोग गर्दै अंगालो मारेर छातीतिर हात बढाए।

बालिका चिच्याइन् र भागेर अभिभावकसमक्ष आइपुगिन्।सुनिल कालिका गाउँपालिकाकी अध्यक्ष सीता पौडेल (अधिकारी) का भाइ हुन्। घटना मिलाउन उनी आफैँ सक्रिय भइन्।तर, करणी मुद्दा त्यसमाथि विदेशी बालिका पीडित भएपछि उनीमाथिको कारबाही अगाडि बढाउनुको विकल्प नभएको रसुवा प्रहरीले जनाएको छ।  आजको जनआस्था साप्ताहिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved