महिला स्वयंसेविकाहरुलाई इटहरी उपमहानगरपालिकाको तर्फबाट सेवा अवधिका आधारमा नगद १ लाख प्रोत्साहन रकम उपलव्ध

  • मंसिर २०, २०८०
  • २३९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : २०औ महिला सामुदायिक स्वास्थ्य स्वयसेविका दिवसको अवसर पारेर इटहरी ६० वर्ष पुरा गरेका महिला सामुदायिक स्वास्थ्य स्व्यंसेविकाहरुलाई ससम्मान बिदाई गरेको छ । लामो समय देखि स्वास्थ्य क्षेत्रमा उपमहानगरपालिका क्षेत्रमा सहयोग पुर्याउदै आएका २६ जना सामुदायिक महिला स्वयंसेविकाहरुलाई नगद १लाख सहित बिदाई गरिएको हो ।

उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीको अध्यक्षता तथा नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा ६० वर्ष पुरा गरेका सामुदायिक महिला स्वयंसेविकाहरुलाई ससम्मान बिदाई गरियो।कार्यक्रममा बोल्दै उपमहानगरपालिका प्रमुख पौडेलले स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागु भए देखि निरन्तर सेवारत महिला स्वयंसेविकाहरुलाई उपमहानगरपालिकाको तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलव्ध गराएको जानकारी गराए ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा हाल १सय ३५जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुले सेवा प्रदान गर्दै आएका छन ।
स्वयंसेविकाहरुको बिदाई कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता , सामाजिक विकास शाखाकी प्रमुख भोजकला दवाडी , वडा नम्बर ६का वडाध्यक्ष तथा उपमहानगरपालिका प्रवक्ता दिवस पोखरेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved