आज नागपञ्चमी

  • भदौ ४, २०८०
  • १८२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आज नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नागपञ्चमीको रुपमा मनाउने गरिन्छ । सनातन धर्मालम्वीहरुले सोमबार घर घरमा नागका तस्वीर टाँसेर नागपूजा गर्ने गर्दछन् । यस्तै, विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको ढोकामा अष्टनागको पूजा गर्ने गरिन्छ । यसरी नागपूजा गर्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास रहेको छ ।

नागपूजाको प्रचलन कहिलेदेखि शुरु भयो भन्ने विषयमा विभिन्न खालका किंवदन्तीहरू रहेका छन् । वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने जनविश्वास रहेको छ । द्वापरयुगको अन्त्यमा राजा परीक्षितको मृत्यु नागले डसेर भएपछि उनका छोरा जन्मजयले पृथ्वीलोकमा रहेका सबै सर्प मार्न यज्ञ लगाएपछि स्वर्गका राजा इन्द्रसँगै आएका अस्तिका नागले राजा जन्मजयसँग माफी मागेपछि यज्ञमा हवन हुन लागेका सर्पहरू बाँचेकाले सोही श्रावण शुक्लपक्षको पञ्चमीदेखि नागको पूजा गर्न सुरु गरिएको कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved