कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराको चौथो त्रैमाशिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

  • श्रावण १०, २०८०
  • ५७५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहरा अन्तर्गत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको चौथो त्रैमाशिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान, प्रगति लगायतका विषय केन्द्रीत समिक्षा गरिएको हो ।

कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेस निर्देशक केवश प्रसाद श्रेष्ठको अध्यक्षता तथा उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव डा. लेखराज पौडेलको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम सम्पन्न भएकोे थियो ।

समिक्षा कार्यक्रममा बार्षिक प्रगति विवरणका विषयमा निर्देशनालय अन्तर्गत रहेका कृषि केन्द्र र कार्यक्रमका तर्फबाट प्रस्तुति समावेश गरिएको थियो । कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेशको कृषि बैज्ञानिक मनिष कुमार ठाकुरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कृषि अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय व्यवसायिक बालि अनुसन्धान कार्यक्रम, राष्ट्रिय सुन्तला बालि अनुसन्धान कार्यक्रम, जुट अनुसन्धान कार्यक्रम, कृषि अनुसन्धान केन्द्र जौबारी, राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम लगायतले आफुहरुले गरेका अनुसन्धान तथा प्रगतिका विषयमा प्रस्तुति गरेका थिए ।

कृषिसंग जोडिने बाली, बागवानी, पशुपँक्षी, घाँसवाली, माछा लगायतका क्षेत्रमा नस्ल, दाना पानी, रोग आदिलाई प्राथमिकतामा राखेर वढी उत्पादन लिन सकिने गरी राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्कले अनुसन्धान गरिदैँ आएको निर्देशनालय प्रमुख श्रेष्ठले जानकारी गराए ।

समिक्षा कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद नार्कका निर्देशक नविन प्रकास पौडेल, पशु तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुंगाना, कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाश कुमार डाँगी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कोशी प्रदेशका संयोजक मनोज यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । त्यसै गरी कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश अन्र्तगत रहेका कृषि अनुसन्धान केन्द्र तथा कार्यक्रमहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved